आइटिएफ जे३० टेनिस पोखरा सर्किट–२ सुरू, नेपाली खेलाडीहरुको उत्कृष्ट प्रदर्शन

पोखरा स्पोर्टस । आइटिएफ जे३० वर्ल्ड टेनिस टुर पोखरा सर्किट–२, आजबाट सुरू भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिताको सर्किट १ सकिएको दुई दिन लगतै सर्किट २ सुरू भएको हो ।

सर्किट२ मेन ड्रको पहिलो दिन नेपाली खेलाडीहरु तिव्र प्रतिस्पर्धामा उत्रिदैं उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । नेपाली खेलाडी आयुष्मान हजुर घलेले उत्कृष्ट प्रदर्शन गर्दै भारतका अद्वित तिवारीलाई ६–४, ६–० ले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेका छन् । त्यसै आरव सम्राट हाडाले आफ्नो उत्कृष्ट लयलाई कायम राख्दै भारतका वीर मडमलाई ७–५, ६–३ ले हराए भने सक्षम विक्रम शाहले भारतका रौनक कश्यपविरुद्ध ६–०, ६–० को नतिजासहित दबदबा प्रस्तुत गर्दै आफ्नो बलियो उपस्थिति देखाए ।

त्यस्तै गर्ल्स सिंगल्सतर्फ स्वस्तिका बिष्टले भारतकी साराह चौधरीलाई ६–१, ६–१ को सहज जित निकालिन भने शिवाली गुरुङले भारतकी सायेट वराडकर विरुद्ध ६–४, १–० को जित निकालिन । सायेट चोटका कारण मैदान छोड्नु परेको थियो । त्यस्तै जेनी खड्काले भारतकी अपर खाण्डरेसँग ६–१, ७–६(८–६) को रोमाञ्चक जित दर्ता गरिन् भने प्रज्ञा मानन्धरले आशाजनक प्रदर्शन गर्दै भारतकी सौम्या चटर्जीसँग ६–१, ६–२ को प्रतिस्पर्धात्मक खेलमा पराजित भइन् ।

ब्वाइज सिंगल्सतर्फनै सियुयुआन गो (चीन) ले आरव चावला (भारत) लाई ६–०, ६–२ ले, प्रभिर मुकेश छावडा (भारत) ले सृजन भट्टराई (नेपाल) लाई ६–१, ६–० ले, अधिराज ठाकुर (भारत)ले निश्चल कायस्थ (नेपाल) लाई ६–०, ६–० ले, आश्रव्य मेहरा (भारत) ले आयान मोहम्मद खान तरीन (भारत) लाई ६–१, ६–२ ले तथा ओजस मेहलावत (भारत) ले अमित मुण्ड (भारत) लाई ६–१, ६–२ ले पराजित गरे ।

त्यसै गरी केजुन डेङ (चीन) ले शिवतेज शिर्फुले (भारत)लाई ६–४, ७–६(५) ले, हैनुओ गो (चीन) ले शोवर्य समला (भारत) लाई ६–२, ६–२ ले, आदित्य मोर (भारत) ले राजवीर प्रधान (नेपाल) लाई ७–५, ६–३ ले, शौनक चटर्जी (भारत) ले अद्वैत मन्त्रि (सिंगापुर) लाई ६–१, ६–४ ले हराए ।

त्यस्तै गर्ल्स सिंगल्सतर्फ महिका खन्ना (भारत) ले दिशा कुमार (भारत) लाई ६–०, ६–० ले पराजित गरिन् । उनी सर्किट १ विजेता समेत हुन् । यिजिया झाओ (चीन) ले न्यान्सी सिंह (भारत) लाई ६–०, ६–२ ले पराजित गरिन् भने दिशा बेहेरा (भारत) ले नोरा चौधरी (क्यानडा) लाई ६–२, ६–१ ले, मार्ता छोङसोमजाभ (मङ्गोलिया) ले शताक्षिका सहायाक (भारत) लाई ६–१, ६–० ले, अपर खाण्डरे (भारत) ले जेनी खड्का (नेपाल) लाई ६–१, ७–६(८) ले, एन्जल पटेल (भारत) ले रीत अरोरा (भारत) लाई ६–४, ६–३ ले पराजित गरिन् ।

यस्तै गरी सौम्या चटर्जी (भारत) ले प्रज्ञा मानन्धर (नेपाल) लाई ६–१, ६–२ ले, तियानरन डङ (चीन) ले नन्दिनी कंसल (भारत) लाई ७–५, ६–२ ले, शगुन कुमारी (भारत) ले नाला जोसेफिन मास्की (अमेरिका) लाई ६–३, ६–२ ले, अर्जन खोर्कीवाला (भारत)ले आर्या बोरकर (भारत) लाई ६–०, ६–३ ले, श्रेया देशपाण्डे (भारत) ले यु लिन (हङकङ)लाई वाकओभर मार्फत जितिन् ।

प्रतियोगितामा नेपालसहित १० देशका खेलाडीहरुको सहभागिता रहेको जिल्ला टेनिस संघका सचिब भिष्मराज पौडेलले जनाएका छन् । प्रतियोगिता यहि मंसिर २९ गते सम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close