राष्ट्रिय क्यूकोशिन कराँते च्याम्पियनसिपमा शुष्मी सहभागी हुने

पोखरा स्पोर्टस । काठमाडौमा आयोजना हुने राष्ट्रिय क्यूकोशिन कराँते च्याम्पियसिपमा कास्की बाट शुष्मी श्रेष्ठ सहभागी हुने भएकी छन ।

उक्त प्रतियोगिाका लागि काठमाडौ प्रस्थान गर्नु अघि शुष्मीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ, पोखरा महानगर खेलकुद विकास समितीका अध्यक्ष दिपक बहादुर गोदार, कास्की जिल्ला क्यूकोशिन संघका अध्यक्ष लक्ष्मण कुँवर र सचिव निर्मल बहादुर केसीले नगद सहित विदाई गरेका थिए ।

उक्त प्रतियोगिता यहि असोज ९ गते बाट शुरु हुँदैछ । शुष्मीले खुल्ला तौल समुह बाट सहभागी हुने भएकी हुन । शुष्मीले यस अघि छैटौ र सातौं राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक विजेता हुन भने आठौं राष्ट्रियमा रजत पदक जितेकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close