
पोखरा स्पोर्टस । रसियाको वर्ल्ड हाप्किडो च्याम्पियसिपमा सहभागि हुने टोलीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बुधबार पोखरा बाट बिदाई गरेका छन् ।


एक महिना देखि पोखरामा वन्द प्रशिक्षणमा रहेको हाप्किडो टोलीलाई पोखरा रंगशालामा आयोजित एक कार्यक्रमका विच प्रदेश मुख्यमन्त्री नेपालीले विदाई गरेका हुन् । नेपाल मार्शल आर्टस संघ गण्डकी प्रदेश हाप्किडो संघ द्वारा आयोजित समापन कार्यक्रममा वोल्दै मुख्यमन्त्री नेपालीले राज्यले खेलाडीले प्रयाप्त सुविधा प्राप्त गर्न नसके पनि खेलाडीले आफ्नै प्रयासमा मुलुकको पहिचान बनाउन भूमिका खेलेको बताउँदै भने–“खेलाडी र प्रशिक्षकको आफ्नै प्रयासबाट प्राप्त सफलताबाट हामीले गौरव गर्ने अवसर पाएका छौ ।”
प्रदेश सरकारले पूर्वाधार र खेलाडीको प्रोत्साहनका लागि प्रयासरत रहेको धारणा अघि सार्दै मुख्यमन्त्री नेपालीले खेलाडीहरुलाई उत्कृष्ट खेल प्रर्दशन गर्दै गण्डकी प्रदेश र नेपालको झण्डा अन्तर्राष्ट्रिय भूमीमा फहराएर आउन शुभकामना समेत दिए । उनले अर्को एक प्रसङ्गमा पोखरामा पर्यटकहरुको आगमन बढाउन प्रदेश सरकारले १० देशका राजदुतहरुलाई पोखरामा निमन्त्रणा दिइएको बताए ।
कार्यक्रममा मुख्यमन्त्री नेपालीले वन्द प्रशिक्षणमा सहभागि खेलाडी, वन्द प्रशिक्षणमा सहयोग गर्ने विभिन्न संस्था तथा व्यक्तीहरुलाई प्रमाणपत्र वितरण गरी सम्मान गरेका थिए ।
को को जाँदैछन रसिया
आगामी कार्तिक ५ देखि ७ गते सम्म रसियाको सेन्ट पिटर्सवर्गमा आयोजना हुने वर्ल्ड हाप्किडो च्याम्पियनसिपमा ९ खेलाडीले सहभागिता जनाउने नेपाल मार्शल आर्टस संघ हाप्किडो संघकी प्रमुख प्रशिक्षक सुष्मिता गुरुङले बताएकी छन् । प्रमुख प्रशिक्षक सुष्मिताको नेतृत्वमा रसिया जाने टोलीमा ४ महिला र ४ पुरुष खेलाडी छन् । रसिया जाने खेलाडीमा भुवन वुढा मगर (लुम्विनी), प्रविन गुरुङ (वागमती), कृती गिरी (गण्डकी प्रदेश), विजया कुमारी वाइबा (प्रदेश नं १ं), गंगा घर्ती मगर (लुम्विनी), नविना श्रेष्ठ (लुम्विनी), गुमान घर्ती मगर (लुम्विनी) र गणेश केसी (लुम्विनी) रहेका छन । वन्द प्रशिक्षणमा २० जना खेलाडी सहभागि रहेका थिए ।
सो अवसरमा वोल्दै राष्टिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङले खेलकुद पदाधिकारी र खेल संघहरुले खेलाडीको पक्षमा काम गर्नुपर्ने बताउँदै भने–“हामी जुनसुकै पार्टीबाट नियूक्ती भएपनि खेलाडीको हितमा काम गर्नुपर्नु सँगै खेलाडीकै लागि जिवन सम्र्पण गर्नुपर्ने हुन्छ ।” उनले पोखरा रंगशाला निर्माणमा धेरैको पसिना बगेको बताउँदै अबको पूर्वाधार निर्माणको कार्य प्रदेशका एघारै जिल्लामा अघि बढाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषदका सदस्यसचिव तेजबहादुर गुरुङले खेलकुदमा अभिभावकको सहभागितामा जोड दिंदै भने–“खेलकुदमा अभिभावकको सहभागिता रह्यो भने खेलकुद विकासमा ठूलो फड्को मार्ने छ ।” उनले रसियामा हुने वर्ल्ड च्याम्पियनसिपमा सहभागी हुने खेलाडीलाई जितका लागि सफलताको शुभकामना दिए ।
नेपाल मार्शल आर्टस संघ हाप्किडो संघ केन्द्रीय अध्यक्ष कालिबहादु घर्तीमगर,खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरी, नेपाल मार्शल आर्टस संघ हाप्किडो संघ गण्डकी अध्यक्ष एमबी आस्था मगर, संघका उपाध्यक्ष तारा थापा मगर लगायतले बोल्नुभएको थियो ।
खेलाडी बन्द प्रशिक्षण संयोजक एवं हाप्किडो संघ गण्डकी प्रदेश सदस्य खेमहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मार्शल आर्टस संघ हाप्किडो संघ केन्द्रीय अध्यक्ष कालिबहादु घर्ती मगर, नेपाल मार्शल आर्टस संघ हाप्किडो संघ गण्डकी अध्यक्ष एमबी आस्था मगर, संघकी उपाध्यक्ष तारा मायाँ थापा मगर लगायतले आफ्ना भनाई राखेका थिए ।
