
पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले सहाराले अव ‘ए’ डिभिजन लिगमा सहभागी हुनुपर्ने बताएका छन ।

सहारा क्लव पोखराका नव निर्वाचित पदाधिकारीलाई वधाई दिन सहारा क्लव पुगेका सदस्य सचिव सिलवालले उक्त कुरा बताएका हुन । उनले सहाराले ए डिभिजन खेल्न मापदण्ड समेत पुरा गरिसेकको उल्लेख गर्दै भने–“यदि एन्फाले यस विषयमा कुरा अगाडी बढाएमा म सिफारिस गर्न तयार छु ।” उनले सहारालाई ए डिभिजन लिगमा सहभागी गराउने बारे एन्फा संग कुरा अघि बढाउने समेत बताए ।
आफू नेपाली क्लवहरु मध्ये सहाराको फ्यान समेत रहेको बताउँदै सहाराले नेपाली फुटबलमा गरेको विकास उल्लेखनिय रहेको बताए । उनले सहाराको हरेक कृयाकलापमा राखेपको सहयोगको निरन्तराता समेत रहने प्रतिवद्धता सुनाउँदै भने–“मलाई सहाराको वारे सबै थाहा छ, कुन विषयमा कसरी सहयोग गर्नुपर्छ त्यसका लागि म सँधै सहयोगका लागि तयार छु ।” उनले क्लवका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुलाई कार्य सफलताको शुभकामना व्यक्त गर्दै खेलकुदको विकासमा अझै अगाडी वढ्न सफलता मिलोस भन्दै शुभकामना व्यक्त गर्दै पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदमा सहाराको सहयोगका लागि आग्रह समेत गरे ।
कार्यक्रममा राखेपका सदस्य राजेश कुमार गुरुङले पोखराको खेलकुद विकासमा सहाराको योगदान महत्वपूर्ण रहेको बताउँदै नवनिर्वाचित कार्यसमितीलाई सफलताको शुभकामना व्यक्त गरेका थिए ।
क्लवका नवनिर्वाचित अध्यक्ष हरिराम गुरुङ (सुरज)को अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रिय खेलकुदका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी, क्षेत्रिय खेलकुदका निर्देशक कृष्ण तिमिल्सिना, लेखा प्रमुख डिवी नेपाली, क्लवका वरिषठ उपाध्यक्ष केशव बराल लगायतले वोलेका थिए । सो अवसरमा क्लवका निवर्तमान अध्यक्ष केशव बहादुर थापा, पूर्व अध्यक्षहरु बसन्त थकाली, विक्रम थकाली, विरभद्र आचार्य, अग्रज फोटोपत्रकार सुदर्शन रञ्जित लगायतको सहभागिता रहेको थियो ।
तस्विरः सुदर्शन रञ्जित
