
पोखरा । युवा तथा खेलकुद मन्त्री जगत वहादुर सुनार (विश्वकर्मा)ले नेपालमा गत मंसिरमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा अनियमितता गर्ने जो कोहीलाई पनि तत्काल कार्वाही गर्न निर्देशन दिएका छन ।
युवा तथा खेलकुद मन्त्रालयमा भएको ४ घन्टा लामो छलफलमा मन्त्री विश्वकर्माले खेलकुदमा भएको वेथितीको अन्त्य गर्दै सुशासन कायम गर्न निर्देशन दिएका हुन ।
खेलकुदमा पटक–पटक सुशासनको कुरा उठाउँदै आएका मन्त्री विश्वकर्माले सागमा व्याडमिन्टन लगाएत केही खेलहरुका सामाग्री खरिदमा व्यापक अनियमितता भएको कुरा बाहिरिएपछि छलफल डाकेर तत्काल एक्सनमा जान र सुशासन कायम गर्न भनेका हुन ।
१३ औं साग अन्तरगत पोखरामा सम्पन्न व्याडमिन्टन खेलका लागि आएको म्याट, खेलाडीको जुता, कर्क लगाएत अन्य खेल सामाग्री खरिद तथा भण्डारमा राखेपमा कार्यरत भण्डारका वद्री केसी र व्याडमिन्टमनका उप महासचिब समेत रहेका लव भक्त श्रेष्ठको नाम वाहिरिए पछि मन्त्रालयले छलफल वोलाएको थियो । यो घटना संगै अव सागमा पोखरा र काठमाण्डौमा सञ्चालन भएका सबै खेल र निर्माणहरुको समेत एक–एक गरि छानविन हुने जनाइएको छ ।
राखेपका उपाध्यक्ष शिव कोइराला, मन्त्रालयका सचिब, राखेपका सदस्य सचिब रमेश कुमार सिलवाल, राजधानीमा उपलव्ध राखेपका राखेपका वोर्ड सदस्यहरु, राखेपका प्रशासकिय प्रमुख लगाएतलाई मन्त्रालयमानै वोलाएर मन्त्री विश्वकर्माले अनियमितता गर्नेहरुलाई कडा भन्दा कडा कार्वाही गर्न निर्देशन समेत दिएका छन । “साग खेलकुद सञ्चालन तथा व्यवस्थापनमा अनियमितता भएको कुरा आएको छ” छलफलमा एक सहभागीले भने–“मन्त्रीज्युले तत्काल छानविन गर्न र कार्वाहीको प्रक्रिया अगाडी वढाउन निर्देशन दिनुभएको छ ।”
सागमा अनियमितताको कुरा वाहिरिए पछि निकै आक्रोशित भएका मन्त्री विश्वकर्माले आगामी राखेपको वोर्ड बैठकमा खेलकुद विधेयक २०७७ अनुरुप शुसासनका लागि संरचनागत तथा संस्थागत अनुरुप के कसरी अगाडी वढाउन सकिन्छ भन्नेबारे अव हुने पहिलो वोर्ड वैठकमा एजेन्डा पेश गर्न निर्देशन समेत दिएको मन्त्रालयका प्रवक्ता राम वन्धु सुवेदीले बताए ।
यसै गरि हालको अवस्थालाई मध्य नजर गरि आगामी भदौ १३ गतेको ५७ औं राखेप दिवशलाई स्वास्थ्य मन्त्रालयको निर्देशिका, गृह मन्त्रालयको निर्देशन र नेपाल सरकारले गरेका विभिन्न अभ्यासहरुको पालना गरि मनाउने निर्णय समेत भएको प्रवक्ता सुवेदीले बताएका छन ।
