एन्फा राष्ट्रिय ‘ए’ डिभिजन लिग फुटसलको सम्पूर्ण तयारी पुरा, दर्शकले हेर्न पाउने

पोखरा स्पोर्टस/तस्विर सुदर्शन रञ्जित । नेपाली फुटबलको छाता संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा असोज २ गते देखि असोज २२ गते सम्म पोखरा रंगशालामा हुने “एन्फा राष्ट्रिय ए डिभिजन लिग फुटसल”को सम्पूर्ण तयारी पुरा भएको छ ।

नेपालमा नै पहिलो पटक आयोजना हुने लागेको उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको फुटसल कमिटीले जनाएको हो । उक्त कमिटीका संयोजक रत्नकुमार श्रेष्ठले तयारी पुरा भएको जानकारी दिंदै फुटसल नेपाली युवाहरुको लोकप्रिय खेलको रुपमा स्थापित गर्ने बताउँदै भने–“कुनै बेला स्वास्थ्य र मनोरंजनका लागि खेलिने फुटसललाई युवाहरुको माझ ‘थिम’का रुपमा अघि सार्दैछौं ।”

दर्शकले हेर्न पाउने
नेपालमा नै पहिलो पटक आयोजना हुने लागेको उक्त प्रतियोगिताको दर्शकले हेर्ने अवसर पाउने छन । आयोजकले टिकटको २ सय निर्धारण गरेको छ । प्रतियोगिता हेर्नका लागि कोभिड १९ विरुद्धको खोप कम्तिमा एक पटक लगाएको वा पिसिआर परिक्षणको रिपोर्ट हुनुपर्ने आयोजकले जनाएको छ । कभर्डहलको क्षमता ३ हजार दर्शकका लागि भए पनि आयोजकले कोभिड महामारीलाई मध्येनजर गर्दै १ हजार २ जना दर्शकलाई हेर्ने गरी टिकट विक्रि गरिने जनाएको छ ।

फुटसल लिगको तयारी गरिरहँदा धेरैले विश्वास नै नगरेको धारणा अघि सार्दै संयोजक श्रेष्ठले भने–“प्रदेश–प्रदेशमा गएर छनोट खेल गरायौं र हामी अहिले फिफा र एफसी बाट मान्यता प्राप्त पोखरा रंगशालाको वहुउद्धेश्यिय कभर्डहल सम्म आइपुगेका छौं ।”

एन्फा फुटसल कमिटीका प्रमुख विनोद गुरुङले एन्फा राष्ट्रिय ‘ए’ डिभिजन लिग फुटसलमा ४९ खेल हुने जानकारी दिए । प्रतियोगितामा कुल १० टिमको सहभागिता हुने जानकारी दिंदै गुरुङले प्रतियोगिता सम्पन्न गर्न १ करोड १८ लाख खर्च हुने बताए । उद्घाटन खेलमा द राइजिङ क्लब, धरान र स्काई गोल्स, काठमाडौं भिड्ने छन । दोश्रो खेल गण्डकी प्रदशेको स्पोर्ट्स क्यासल पोखरा र प्रभातफेरी युथ क्लब खेल्ने प्रमुख गुरुङले बताए ।

कार्यक्रममा अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङले प्रतियोगिता सफल बनाउन सवैको सहयोगका लागि आग्रह गरे ।

उक्त ए डिभिजनको राष्ट्रिय फुटसल लिगमा प्रदेश नं १ बाट २ टिम, वागमती बाट ४ टिम, गण्डकी प्रदेश बाट २ टिम, लुम्विनी, कर्णाली र सुदुर पश्चिम बाट २ टिम गरी कुल १० टिमको सहभागिता रहने ।

ए डिभिजन राष्ट्रिय लिगको विजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ । लिगको उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र उदीयमान खेलाडीले जनही समान नगद २५ हजार रुपैयाँ पाउने छन भने म्यान अफ दि म्याच हुने खेलाडीलाई ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close