
पोखरा स्पोर्टस । ‘छैटौ राष्ट्रिय ‘एनभिए कप’ भलिवल प्रतियोगिता’मा सहभागि हुन जाने गण्डकी प्रदेश टोलीलाई राजु केसी, अमृत केसी, युवराज भण्डारी र समिर जोशीले सहयोग गरेका छन ।
गण्डकी प्रदेशको पुरुष टिमलाई उनीहरुले जर्शी र ट्रयाकसुट सहयोग गरेका हुन । भारतिय सेनामा कार्यरत द्वय केसी र भण्डारीले गण्डकी प्रदेशको टोलीलाई १५–१५ थान जर्सी, यूवा व्यवसायी समिर जोशीले १५ थान जर्शी, अमेरिकामा रहेका राजु केसीले १५ थान ट्रयाक सुट पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघका उपाध्यक्ष नविन कुमार गुरुङलाई हस्तान्तरण गरेका छन ।
टोलीलाई १५ थान ट्रयाक सुट सहयोग गर्ने राजु केसी (हाल अमेरिका) भलिवलका पूर्व राष्ट्रिय खेलाडी हुन । भारतिय सेनामा कार्यरत युवराज भण्डारी र अमृत केसी गण्डकी प्रदेश टिमका खेलाडी समेत हुन भने जोशी समिर कन्सट्रक्सन प्रोप्राइटर युबा ब्यबसायी तथा जिल्ला भलिबल संघ पर्वतका टिम म्यानेजर समेत हुन ।
यहि असोज १० देखि १६ गते सम्म काठमाडौं हुने ‘छैटौ राष्ट्रिय ‘एनभिए कप’ भलिवल प्रतियोगिता’मा सहयोगका लागि उपाध्यक्ष गुरुङले केसीलाई आभार व्यक्त गरेका छन । कोभिड १९ को दोश्रो लहर पछि नेपाल भलिबल संघले उक्त प्रतियोगिता आयोजना गर्दैछ ।
