पोखरा स्पोर्टस् अवार्ड : निरज, रिजन र रेखमाया…. कस्ले मार्ला बाजी ?

पोखरा स्पोर्टस । छैटौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड २०७८ को वर्ष उत्कृष्ट प्रशिक्षक विधाको मनोनयनमा टेनिसका निरज थापा, क्रिकेटका रिजन प्रजु र तेक्वान्दो तथा फेन्सिङकी रेखमाया गुरुङ परेका छन् । उनीहरुमध्ये अवार्ड कसको पोल्टामा पर्छ शनिबारसम्म कुर्नुपर्ने भएको छ ।

यो अवार्ड विजेताले नगद पैतिस हजार रुँपैयाको साथमा ट्रफी हात पार्नेछन् । अवार्ड कार्यक्रम नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले खेल क्षेत्रमा अगाडि बढेका खेलाडी, प्रशिक्षक, खेलसंघ र खेल पत्रकारलाई थप क्रियाशिल बन्न हौसला प्रदान गर्ने उद्धेश्यले गर्ने गरेको हो । पोखरा सभागृह हलमा यहीं असार १८ गते शनिबार आयोजना हुने अवार्ड वितरण कार्यक्रममा कुल ७ विधामा अवार्ड वितरण गरिने मञ्चका महासचिव राजाराम पौडेलले जनाए ।

निरज थापा (टेनिस)
निरज थापा २३ वर्ष अघि काठमाण्डौबाट पोखरा आउँदा यहाँ टेनिस खेल्नेको संख्या औलामा गन्न मिल्ने थियो । २०५९ सालमा रत्नश्री जिमहलमा उनले टेनिस सिकाउँदा पोखरामा मात्र १०÷१५ जनाले टेनिस खेल्थे । त्यो पनि भेट्रान्स मात्रै । एक दशक अघि नेपालको शिर्ष वरियतामा रहेका कुमार अधिकारीले निरजसंगबाट टेनिस ¥याकेट समात्न सिकेका हुन् । त्यसपछि पोखरा च्याम्पियन खेलाडीहरु महेश्वर तिवारी, अनिल शाही, शक्ति शर्मा लगायतले पनि निरजसंगै टेनिस सिके । महेश्वर अहिले दुवईमा व्यवसायिक रुपमा टेनिस खेल्ने खेलाउने गर्दछन् । अनिल, शक्ति लगायत अहिले पोखरामा प्रशिक्षकका रुपमा टेनिस खेलाउने गर्दछन् ।

निरज थापाले अहिले सम्म सयौ चेलाहरु बनाइसकेका छन् । ति मध्ये अहिले नेपालका शिर्ष वरियता खेलाडी प्रदिप खड्का उनकै चेला हुन् । पोखरालाई टेनिस शरहका रुपमा चिनाउन निरजको ठूलो योगदान छ । अहिले उनी ‘सबैका गुरु निरज गुरु’ भनेर चिनिन्छन् । टेनिसलाईनै व्यवसाय बनाएका निरजले अहिले श्रीमति र दुई छोरा सहित पोखरामै घरजम जमाएका छन् ।

रिजन प्रजु ( क्रिकेट)
क्रिकेट खेलाडी हुँदै प्रशिक्षक बनेका रिजन प्रजुले वर्ष २०७८ मा गण्डकी प्रदेशको महिला क्रिकेट टिम हेरिरहेका छन् । उनकै प्रशिक्षणमा गण्डकीको महिला टोलिले धनगढीमा वाई वाई महिला क्रिकेट प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्दै ऐतिहाँसिक सफलता हाँसिल ग¥यो । गण्डकी प्रदेश सरकारले पनि विजयी टोलीका खेलाडीहरुलाई जनही पचास पचास हजार रुपैयाँले सम्मानित ग¥यो ।

वर्ष २०७८ मा मलेसियामा भएको एसिया वल्र्ड कप क्वालिफिकेशनमा महिला टोलीले तेश्रो, गैंडाकोटमा भएको मेयरकपमा प्रथम स्थान हाँसिल गरेको थियो । त्यस्तै, पिएम कपमा पनि सहभागिता जनायो । सन् २००६ मा पोखरा आएका रिजन शुरुमा पोखरा टिमबाट क्रिकेट खेल्थे । सन् २००८ देखि उनले गण्डकीको टिमको क्याप्टेनसी गरे । सन् २०१३ बाट उनले महिला टिम सम्हालेका हुन् ।

उनी दृष्टीविहिन महिला क्रिकेट टिमको पनि प्रशिक्षक हुन् । उनको प्रशिक्षणमा टोलीले सन् २०१९ मा पाकिस्तान र सन् २०१७ मा भारतमा भएको वल्र्डकप क्रिकेटमा सहभागिता जनाएको थियो । नेपालले पाकिस्तानमा साउथ अफ्रिका र न्यूजिल्याण्डलाई तथा पाकिस्तानमा अष्टे«लियालाई पराजित गरेको थियो ।

रेखमाया गुरुङ्ग (तेक्वादो/फेन्सिङ)
रेकमाया गुरुङ अहिले भारतको पटियालामा फेन्सिङको प्रशिक्षणमा छिन् । फेन्सिङ संघ नेपालकी केन्द्रिय सदस्य समेत रहेकी रेकमायाले नेताजी सुभाष नेशनल इन्स्टीच्युट अफ स्पोटर््समा ६ हप्ता लामो सर्टिफिकेट कोर्स अफ स्पोर्टस कोचिङमा फेन्सीङ खेलको प्रशिक्षण लिएकी हुन् ।

पोखरा नयाँगाउँकी रेकमायाले तेक्वान्दोका राष्ट्रिय तथा अन्र्तराष्ट्रिय विभिन्न प्रतियोगितामा पदक जितिसकेकी छन् । त्यस्तै उनी राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका रजत पदक धारी खेलाडी पनि हुन् । पाँच डान प्राप्त उनले पोखरामा आफ्नै ‘अव्सुलुट डोजाङ्ग’ सञ्चालन गरिरहेकी छन् ।

पछिल्लो समय उनले फेन्सिङ प्रशिक्षणलाई समेत अघि बढाएकी हुन् । फेन्सिङमा प्रथम बीर गणेशमान सिंह फेन्सिङ च्याम्पियन्सिपमा गण्डकी प्रदेशले टिम ईभेन्ट तर्फ ३ कास्य पदक जितेको थियो । उनकै प्रशिक्षणमा रहेका पोखराका सुभम गुरुङ र मनमायाँ गुरुङले २०७८ सालमा कोरियन एम्वासडर वर्ल्ड तेक्वान्दो च्याम्पियनसिप २०२१ मा पदक जितेका छन् । प्रतियोगितामा सुभमले स्वर्ण तथा मनमायाँले कास्य जितेकी हुन् ।

विश्व खेलकुद पत्रकार दिवसको अवसर पारेर मञ्च गण्डकीले आयोजनागर्ने अवार्ड कार्यक्रममा उत्कृष्ट प्रशिक्षक सहित लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उत्कृष्ट खेल संघ, उत्कृष्ट उदियमान खेलाडी र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गर्ने महासचिव पौडेलले प्रष्टाए ।

अवार्ड कार्यक्रमलाई गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, एम ए कस्ट्रक्सन प्रालि, सहारा क्लब पोखरा, नेपाल भूतपुर्व खेलाडी मञ्च, तमु धिं युके, आव्या क्लब, होटल पौवा लेकसाइड, जु जु वेर्यस, सिटीवान टेलिभिजन, पोखरेली मञ्च युके, चिल्लिबार एण्ड रेष्टुरेन्ट, टाइगर गुप्र अफ पोखरा, साइमन पार्टी प्यालेस, वल्डलिंक, फिस्टेल हस्पिटल, युनाइटेड क्लब, अमेरिकाबाट सरिता गुरुङ, जापानबाट पूर्व अध्यक्ष मोहन घले, पूर्व अध्यक्ष प्रेमनारायण न्यौपाने, मनकामना पेट्रोलपम्प, सिटीजन फर्निचर, जिल्ला खेलकुद विकास समिति कास्की लगायतले सहयोग गरेका छन् ।

अवार्ड कार्यक्रमको थप आर्कषणको रुपमा गायक विनोद वानिया, हाँस्यकलाकार युवराज भण्डारी, गायक सन्तोष बस्याल, गायिका प्राप्ति तुलाचन, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीको लाइभ दोहोरी, गण्डकी प्रज्ञा प्रतिष्ठानको कल्चरल नृत्य, गण्डकी बिव्वाइजको बिबोइङ नृत्य, मन क्षेत्रीको गजल वाचन तथा दीपक गोदारको संयोजकत्वमा डेमोस्ट्रेशन रहनेछ । दिउँसो ३ बजे सुरु हुने कार्यक्रममा प्रवेश निःशुल्क हुनेछ ।

अवार्ड कार्यक्रमलाई भव्य बनाउन विभिन्न समिति तथा उपसमिति मार्फत कामलाई तिव्रता दिएको छ । मञ्चले २०७२ सालदेखि पोखरामा निरन्तर स्पोट्र्स अवार्ड कार्यक्रम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close