रुपेशलाई चेस उपाधि

पोखरा स्पोर्टस । नेपाल बुद्धिचाल संघका पूर्वअध्यक्ष एवं सहकारी अभियन्ता स्व.राजेशहरि जोशीस्मृति फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको उपाधि फिडेमास्टर रुपेश जैसवालले जितेका छन् ।

सजिलोसिभी डटकमका रुपेशले ९ खेलमा २ बराबरी र ७ जितका साथ ८ अंक प्राप्त गरेका थिए । उनले रनिङ्शिल्ड, ट्रफि, मेडल र नगद ५० हजार हात पारे ।

त्यसैगरी समान साढे ७ अंक प्राप्त गरेपनि प्रोग्रेसिव टाइब्रेकमा थापाथलि चेस क्लबका फिडे मास्टर क्षितिज घिमिरे दोश्रो र सर्लाहीका कमल श्रेष्ठ तेश्रा भए । उनीहरुले क्रमशः नगद ३० र २० हजार प्राप्त गरे ।

ललितपुर स्पोर्टस् क्लबद्वारा आयोजित प्रतियोगितामा डाइनामिक चेस एकेडेमी दमकका भुपेन्द्र निरौला चौथौं, भक्तपुरका युवा खेलाडी निकेन कुसाथा पाँचौ, सुमन लामा छैटौं, गणेशमान दुवाल सातौं, रौटहतका शुशिल चौधरी आठौं, दोलखाका राजिव कार्की नवौं र फिडेमास्टर मनिष हमाल दशौं भए ।

पाँच दिने प्रतियोगितामा महिलातर्फ सुजाना लोहनी, अनिषा न्यौपाने, आभा पुडासैनी क्रमशः प्रथम, दोश्रो र तेश्रा भए । उनीहरुले नगद १० हजार, ८ हजार र ६ हजार हात पारे । यसैगरी सजिन महर्जन ललितपुर उत्कृष्ठ भै नगद ७ हजार प्राप्त गरे । अनरेटेडतर्फ सानुभाइ महर्जन प्रथम र विनय राई दोश्रा भए ।

विजयी तथा सहभागी खेलाडीहरुलाई आयोजक क्लबका अध्यक्ष हेराकाजी महर्जनको सभापतित्वमा एक समारोहमा प्रमुख अतिथि राखेपका सदस्यसचिव रमेश सिलवाल, ललितपुरका समाजसेवी प्रकाशनन्दन जोशी, जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष माधव दुलाललगायतले पुरस्कृत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close