तेक्वान्दो खेलाडी पलेशा र प्रशिक्षक लामा सम्मानित

पोखरा स्पोर्टस । नेपाल तेक्वान्दो संघद्वारा आयोजित १० औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताका समापनका अवसरमा टोकियो पारालिम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धन र प्रशिक्षक कविराज नेगी लामालाई नेपाल तेक्वान्दो संघले नगदसहित मंगलबार सम्मान गरेको छ ।

पलेशालाई नगद ५० हजार तथा लामालाई १० हजार नगदसहित प्रशंसा पत्रद्वारा सम्मान गरीएको हो । पलेशाले पारालिम्पिकमा दुई खेल जितेर इतिहास रचेकी थिइन् । अन्तर्राष्ट्रिय लेभल–२ पारा प्रशिक्षक लामाले २०१६ देखि पलेशालाई निरन्तर प्रशिक्षण दिइरहेका थिए ।

पारा ओलम्पिकको प्रदर्शनपछि पलेशा पारा तेक्वान्दो खेलाडीको विश्व वरियामा ५ औं स्थानमा उक्लिएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close