एक दिवशिय क्रिकेटमा पिएनजी विरुद्ध नेपालको कठिन जित

पोखरा स्पोर्टस । पपुया न्यूगिनी (पिएनजी) विरुद्ध भएको एक दिवशिय खेलमा नेपालले कठिन जित हासिल गरेको छ ।

ओमानमा मंगलबार भएको खेलमा नेपालले पिएनजी संग २ विकेटको जित हासिल गरेको हो । नेपालले १ सय ३५ रनको लक्ष्य ८ विकेटको क्षतीमा ६३ बल बाँकी हुँदै भेट्टाएको छ । यस अघि टस जितेर पिएनजीले ३३ ओभरमा १ सय ३४ रन बनाएको थियो । पिएनजीलाई रोक्न खेलमा सन्दिप लामिछानेले ४ विकेट लिएका थिए । सन्दिपले आफ्नो १० ओभरको स्पेलमा ३५ रन खर्चिएर नेपाललाई वलियो स्थितीमा उभ्याएका थिए ।

यस अघि नेपालका लागि डेव्यू गरेका विक्रम सोवले आफ्नो पहिलो ओभरको पहिलो वलमानै पिएनजीका टोनी युरालाई बोल्ड गर्दै पेभिलिएनको बाटो देखाएका थिए । उनले खेलमा २ विकेट हात पारे । नेपालका लागि सोमपाल कामीले १, कुशल मल्लले २ विकेट लिएका थिए ।

यता जवाफी व्याटिङका लागि उत्रिएको नेपालले सुखद शुरुवात गरे पनि नेपालको ४६ रन हुँदा ओपनर कुशल भुर्तेल चाड सुपरको चाडको वलमा एलविडव्लु हुँदै मैदान छोडेका थिए । कुशलले १५ रन व्यक्तिगत स्कोर बनाए । त्यस्तै अर्का ओपनर ४६ बलमा आशिफ शेखले ४ चौकाको मद्धतमा ३० रनको पारी खेले भने रोहित पौडेलले नेपालका लागि सर्वाधिक ४१ रनको व्यत्तिगत पारी खेल्दा सोमपाल कामीले व्यक्तिगत २२ रन जोडे । कप्तान ज्ञानेन्द्रको व्याटिङ भने चल्न सकेन उनी व्यक्तिगत ६ रन बनाएर राविएन रावुको वलमा विकेट किपर डोरिगा द्वारा क्याच आउट हुँदै पेभिलिएन फर्के । खेलमा आरिफ शेखले ९ रन बनाए ।

आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक एक दिवशिय सिरिज खेल्नु अघि नेपालले तयारी स्वरुप दुई खेल खेल्ने वातावरण मिलाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close