
पोखरा स्पोर्टस । भारत संग भएको आइतबार भएको दोश्रो खेलमा नेपालले पराजय व्यहोरेको छ ।
दशरथ रंगशालामा भएको खेलमा फारुक चौधरीले भारतिय टिमका लागि गोलको ६२ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिएका थिए । यसै गरी दोश्रो गोल सुनिल क्षेत्रीले ८० औं मिनेटमा गोल गर्दै नेपाल संगको मैत्रीपूर्ण खेललाई बलियो स्थितीमा पुर्याए पनि ८६ औं मिनेटमा तेज तामाङको कडा प्रहार गोलमा परिणत भएको थियो ।
यस अघि नेपालले आफ्नो घरेलु मैदानमा पहिलो हाफमा केही अवसर निकालेको थियो । तर नेपालको कमजोर फिनिसिङका कारण गोलमा परिणत हुन सकेन । नेपालका मनिष डाँगीले खेलको १३ औं मिनेटमा नै गोलको अवसर गुमाएका थिए भने २८ औं मिनेटमा आयुष घलानको पासमा आशिष लामा गोल गर्न बाट चुके ।
नेपालले भारत संगको पहिलो खेल १–१ को बरावरीमा खेलेको थियो ।
