कास्की क्रिकेट संघका पूर्व सहसचिव गुरुङको निधन

पोखरा स्पोर्टस । कास्की जिल्ला क्रिकेट संघका पूर्व सह सचिव भोज गुरुङको निधन भएको छ ।

गुरुङको बिहिबार मनिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा ५४ वर्षको उमेरमा निधन भएको हो । क्रिकेटका लेभल २ प्रशिक्षक समेत रहेका गुरुङ विगत केही समय देखि जन्डिसबाट पिडित रहेका थिए ।

पोखरा १२ माटेपानी निवासी गुरुङको श्रीमती र २ छोरा रहेका छन् । उनको आज अन्तिम संस्कार गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close