ओलम्पिकका पूर्व अध्यक्ष ज्याकको निधनमा एनओसीले झण्डा झुकाउने

पोखरा स्पोर्टस । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका पूर्व अध्यक्ष डा. ज्याक रोगको निधनमा आधा झण्डा झुकाउने भएको छ ।

एनओसीले एक विज्ञप्ती प्रकाशि गरी उनको निधनमा समवेदना व्यक्त गर्न दुई दिन सम्म एनओसीको झण्डा आधा झुकाउने जनाएको हो । उनको ७९ वर्षको उमेरमा गत अगस्त २९ तारिखमा निधन भएको थियो । एनओसीले ओलम्पिक अभियानमा सहयोग पुर्‍याउने असल मित्र गुमाएको भन्दै श्रद्धाञ्जली व्यक्त गरेको छ । “नेपालको ओलम्पिक अभिायनमा उहाँको योगदान उल्लेखनिय रहेको छ, नेपाललाई साथ दिने सहकर्मी गुमाएको छ” विज्ञप्तीमा भनिएको छ ।

सन २००१ देखि २०१३ सम्म अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिको नेतृत्व सम्हालेका डा.ज्याक रोग यूथ ओलम्पि गेम्सको शुरुवात समेत गरेका थिए भने ‘डोपिङ’ लाई निस्तेज पार्न भूमिका खेलेका थिए । वेल्जियम नागरिक उनी १९६८, १९७२ र १९७६ मा तिन पटक ओलम्पिकमा फिन क्लास सेलिङ खेलाडीको रुपमा सहभागि भएका थिए भने १९७६ मा विश्व च्याम्पियन समेत रहेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close