लोकतान्त्रिक खेलकुद संघ कास्कीको अध्यक्षमा नविन पुन

पोखरा स्पोर्टस । नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीको अध्यक्षमा नविन पुन सर्वसम्मत चयन भएका छन् । मंगलबार संघको प्रदेश समितिले पुनको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला समितिको घोषणा गरेको हो ।

नेपाली कांग्रेस निकट खेलकुद संघको प्रथम उपाध्यक्षमा मिलन गुरुङ, द्वितिय उपाध्यक्षमा रेकमाया गुरुङ, सचिवमा प्रितम गुरुङ, कोषाध्यक्षमा हिटलर घले चयन भएको नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय अध्यक्ष देवेन्द्रकुमार शेरचनले जानकारी दिए । साथै संघको सहसचिव सदस्यहरुको कार्य उन्नती हेरेर पदोन्नती गरिने उनले जनाए ।

२०७१ सालमा खेल क्षेत्रमा भएको विकृति विसंगती अन्त्य गर्ने उद्देश्यले स्थापना भएको संघमा इट्टा थप्ने काम नव गठित जिल्ला समितिले गर्ने उनले अपेक्षा गर्दै अध्यक्ष शेरचनले खेल क्षेत्रको माध्यमबाट नेपाली कांग्रेसको गरिमा उच्च पार्ने काम गर्न पनि उनको सुझाव थियो । खेल क्षेत्रमा हुने भ्रष्टचार उजागर गर्न खेलकुद संघ सधै लागिपर्नु कुरा प्रष्टयाउँदै उनले भने–“खेल क्षेत्रमा भ्रष्टचार नहुने हो भने खेलाडीका सम्पूर्ण आवश्यकताहरु पुरा गर्न सकिन्छ ।”

नव गठित समितिका अध्यक्ष नविन पुनले आफु कुरामा भन्दा पनि काममा विश्वास गर्ने बताए । खेल क्षेत्रमा लागेकाहरुको सल्लाह सुझावसहित आफुले पाएको जिम्मेवारी पुरा गर्ने उनको भनाइ थियो । आफ्नो कार्यकालमा खेल क्षेत्र चलायमान बनाएर नमुना जिल्ला संघ बनाउने उनले प्रतिवद्धता पनि जनाए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले खेलाडीले राज्यका लागि गरेको योगदानको कदर गर्ने समय सुरु भएको बताइन् । खेलको माध्यमबाट राष्ट्र निर्माणका लागि अगाडि बढेको संस्थाले महिला खेलाडीहरुको सहभागिता बढाउन थप नमुना योग्य काम गर्न उनको सुझाव थियो ।

कार्यक्रममा नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सदस्य विष्णुबहादुर क्षेत्री, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका पूर्व उपाध्यक्ष सुनिल गुरुङ, प्रदेश अध्यक्ष हरिश्वर पोखरेल लगायतले नव गठित समितिलाई खेलकुदको माध्यमबाट प्रजातन्त्र र लोकतन्त्र अगाडि बढाउन सुझाव दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close