
पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको एक खेल पोखरा रंगशालामा हुने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)द्वारा गठित स्रोत परिचालन उपसमिति र अखिल नेपाल फुटबल संघ (एन्फा)को आग्रहमा दैनिक खेल पोखरा रंगशालामा हुने भएको जनाइएको छ । राखेपले यसका लागि निर्णय नगरीसकेको भए पनि आज नै बैठक बसी उक्त निर्णय गर्न लागिएको जनाइएको छ ।
प्रतियोगिता अन्तर्गत पुरुष फुटबल अन्तर्गत हुने सेमीफाइनल र फाइनल खेल समेत पोखरा रंगशालामा हुनेछन् । १ अर्व २८ करोड ५० लाख खर्च गरेर निर्माण गरिएको पोखरा रंगशाला फुटबल स्टेडियममा खेल नर्गने यस अघि तय भए पनि एन्फाको दवावका कारण खेल गर्ने गरी निर्णय हुन लागेको बताइएको छ । नयाँ निर्णय अनुसार दैनिक २ बजे पोखरा रंगशालामा फुटबल खेल सञ्चालन हुनेछ । यसका लागि भने दर्शकले टिकट काटेर हेर्नु पर्नेछ ।
खेलस्थल पूर्वाद्धार उपसमितिले भने पोखरा १९ लामाचौरस्थित गोष्तेघाट खेल मैदानमा फुटबलका सबै खेल हुने गरी तय गरेको थियो ।
प्रतियोगिता अन्तर्गत महिला फुटबल भने स्याङजा वालिङमा हुनेछ ।
