व्याडमिन्टन कास्कीका पूर्व सचिव रन्जितको निधन

पोखरा स्पोर्टस । कास्की जिल्ला व्याडमिन्टन संघका पूर्व सचिव सहदेव रन्जितको निधन भएको छ ।

उनको आइतवार ६१ वर्षको उमेरमा निधन भएको कास्की जिल्ला व्याडमिन्टन संघका सचिब दुर्गा जोजिजुले जानकारी दिए । पोखरा ११ निवासी रन्जित व्याडमिन्टनका भेट्रान राष्ट्रिय खेलाडी समेत रहिसकेका थिए भने उनी व्याडमिन्टन संघ कास्कीको आजिवन सदस्य समेत हुन ।

श्रीमती, एक छोरा एक छोरी रहेका रन्जितको निधनले व्याडमिन्टनलाई माया गर्ने एक व्यक्तित्व गुमाएको भन्दै सचिव जोजिजुले दुःख व्यक्त गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close