स्नातक तहमा खेलकुद व्यवस्थापन शुरु गरेको गण्डकी विश्वविद्यालयमा प्रवेश परिक्षा सम्पन्न (प्रवेश परिक्षामा उर्तिणको नामावली सहित)

पोखरा स्पोर्टस । नेपालमा पहिलो पटक स्नातक तहमा खेलकुद व्यवस्थापन र सूचना प्रविधी विषयमा अध्यापन शुरु गरेको गण्डकी विश्वविद्यालयमा प्रवेश परिक्षा सम्पन्न भएको छ ।

पोखरामा शनिवार भएको प्रवेश परिक्षामा दुवै विषयमा गरी ६१ जना सहभागी भएका थिए । दुई वर्ष अघि गण्डकी प्रदेश सरकारले गण्डकी विश्वविद्यालयको स्थापना गरे संगै स्नातक तहमा खेलकुद व्यवस्थापन सम्वन्धि अध्ययन अध्यापन शुरु गर्न आवाज उठेको थियो ।

प्रवेश परिक्षाको अवलोकन गरिरहेका विश्वविद्यालयका कुलपती प्रा.डा.गणेशमान गुरुङले विश्वविद्यालयका लागि ऐतिहासिक दिन भएको बताए । उनले भने–“हामी विश्वविद्यालयमा आए संगै हाम्रो टिमले जुन सपना देखेका थियौं त्यो आज पुरा भएको छ ।” डेढ वर्ष अघि बाट अध्ययन अध्यापन शुरु गर्न गरिएको प्रयास सफल भएको बताउँदै कुलपती गुरुङले विश्वविद्यालयको टिमले निकै मेहनतका साथ काम गरेको भन्दै प्रशंसा समेत गरे ।

यो वर्षको दशैं लगतै अध्ययन अध्यापन शुरु गरिने जानकारी दिंदै कुलपती गुरुङले नेपालको खेलकुद र सूचना प्रविधीको क्षेत्र गण्डकी प्रदेशले फड्को मार्ने बताए । उनले भने–“हामी कहाँ उत्पादन भएको जनशक्ती प्रदेशकै विकासमा अघि वढाउनु पर्छ भन्ने कुरामा प्रदेश सरकार समेत सहमत मात्रै नभई यसबारे छलफल अघि बढेको छ, अव पक्कै पनि खेलकुद र सूचना प्रविधीका लागि आवश्यक प्रशासक र अन्य जनशक्ती हाम्रो विश्वविद्यालय बाट उत्पादित विद्यार्थीहरु हुनेछन् ।”

यता विश्वविद्यालयका उपकुलपती प्रा.डा. नवराज देवकोटाले समेत आजको दिन विश्वविद्यालयका लागि अविष्मरणिय दिन रहेको बताए । “कोभिड १९ महामारीका कारण विद्यार्थीहरुको सहभागिता कम हुन्छ की भन्ने सोचेका थियौं तर हामीले सोचे भन्दा वढी विद्यार्थीहरुको आवेदन मात्रै परेन सवै विद्यार्थीहरु प्रवेश परिक्षामा सहभागी भएका छन ।” आजको दिनले विश्वविद्यालयले देखेको सपना पुरा भएको भन्दै अव विश्वविद्यालयको ध्यान विद्यार्थीहरुको पठन–पाठनमा अघि वढाउने रहेको बताए ।

प्रवेश परिक्षामा उर्तिणको नामावली सहित । कृपया यहाँ क्लिक गर्नुहोला ।

प्रवेश परीक्षाको नतिजा प्रकाशन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close