पोखरामा बन्द प्रशिक्षणमा रहेका राष्ट्रिय फुटबल टोलीका १० खेलाडी वाहिरिए

पोखरा स्पोर्टस । पोखरामा बन्द प्रशिक्षणरत राष्ट्रिय फुटबल टोलीका १० जना खेलाडीहरु बाहिरिएका छन ।

दोश्रो चरण अन्तर्गत बन्द प्रशिक्षणमा रहेका १० जना खेलाडीलाई टोली बाहिर राख्दै २८ मा सिमित गरिएको हो । दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ) च्याम्पियनशिप र एसियन कपको तयारी गरिरहेका ३८ खेलाडीमा नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मंगलबार १० खेलाडीलाई बन्द प्रशिक्षणबाट बाहिर राखेको अखिल नेपाल फटबल संघ (एन्फा)ले जनाएको छ ।

बन्द प्रशिक्षणबाट बाहिरिने १० जना खेलाडीहरूमा भरत खवास, जर्ज प्रिन्स कार्की, रजिन धिमाल, विशाल सुनार, रन्दीप पौडेल, राजीव लोप्चन, सञ्जोग राई, त्रिदेव गुरुङ, सेसेहाङ आङदम्बे र विक्रम लामा छन । हाल बन्द प्रशिक्षणका लागि छनोट भएका खेलाडीहरूमा किरण लिम्बू, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, अर्पण कार्की, सुमन अर्याल, दिनेश राजंवशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुरज जिउ ठकुरी, सुमन लामा, कमल थापामगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, मनिष डाँगी, अञ्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ, आशीष लामा, अभिषेक रिजाल र शिशिर लेखी छन् ।

नेपाली राष्ट्रिय टोलीले साफ च्याम्पियन अघि भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने तय भएको एन्फाले जनाईसकेको छ । नेपालले दशरथ रङ्गशालामा भारत संग भदौ १७ र २० गते मैत्रीपूर्ण खेल खेल्नेछ । १३ औं संस्करणको साफ च्याम्पियनशिप आगामी असोज १५ देखि २७ गतेसम्म माल्दिभ्समा हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close