
केशव पाठक / पोखरा स्पोर्टस । खेलकुदको हव मनिने पोखरामा केही वर्ष यता स्पोर्टस वेयरको क्रेज ह्वात्तै बढेको छ ।
स्पोर्टस वेयरलाई फेसनका रुपमा प्रयोग गर्ने क्रेज बढे पछि यसका आउटलेटहरुको संख्या पनि बढेका छन् । केही वर्ष पहिले मुस्किलले पोखरामा दुइ तिन वटा स्पोर्टस वेयरका आउटलेट मात्रै रहेकोमा अहिले एक दर्जन भन्दा वढी आउटलेटहरु खोलिसकेको पोखरा न्यूरोडमा रहेको गुड विल स्पोर्टसका प्रवन्ध निर्देशक मदन केसी बताउँछन् ।

पोखरामा खेलकुदका ठूला पूर्वाधार निर्माण सँगै यहाँ आयोजना हुने प्रतियोगिताहरुले पनि स्पोर्टस वेयर प्रयोग गर्नेको संख्या बढेको बताउँदै केसी भन्छन–“स्पोर्टसको हव बन्दै गइरहेको र आफूले दैनिक जिवनमा प्रयोगका लागि स्पोर्टस वेयर सजिलो हुने भएकोले यसको आकर्षण बढेको हो ।” युरोपियन क्लव, लालिगा लगायत अन्य विदेशमा आयोजना हुने ठूला क्लव स्तरिय प्रतियोगिता हुन् वा राष्ट्रिय तथा स्थानियस्तरका प्रतियोगिता र ति प्रतियोगितामा आफ्नो टिमको रोजाईमा समेत प्रशंसकहरुको रोजाई पनि आफ्नो टिमको स्पोर्टस वेयर बनेका छन् ।
पोखरामा सामान्यतया यूवा देखि पाका उमेर सम्मका लागि स्पोर्टस वेयरको क्रेज बढ्नुको पछाडी दैनिक जिवनमा सजिलोका लागि समेत स्पोर्टस वेयरको क्रेज वढ्दै गएको बताउँछन् केसी । पर्यटन व्यवसायलाई छोडेर स्पोर्टस वेयरको आउटलेट खुलेका केसीको व्यवसायिक हिसावले पनि यो निकै सजिलो रहेको बताए । चिन, भारत, कोरिया, जापान, थाइल्याण्ड र युरोपियन मुलुक तथा आफ्नै स्वदेशमा समेत स्पोर्ट्स वेयरका उत्पादनहरु नेपाल भित्रिने केसीको भनाई छ । पोखरा स्पोर्ट्स आउटलेट बढ्नुको पछाडी सजिलो पहिरनका रुपमा जहाँ पनि फिट हुने भएको बताउँछन केसी । “चाहे मर्निङ वाक होस वा अन्य खेलकुदका कार्यक्रममा आफ्नो हैसियत अनुसारको स्पोर्ट्स वेयरको प्रयोग गर्नेको संख्या बढ्दै गएको छ,” उनी भन्छन–“स्पोर्टस वेयर फेसनका लागि मात्रै नभई स्वस्थ्कर समेत छन ।”
जुता, मोजा, टिशर्ट, ट्रयाक, क्याप, अन्डर गारमेन्ट, रिष्ट व्यान्ड, निक्याप देखि दर्जनौ प्रकारका व्राण्डका स्पोर्ट्स वेयर देखि खेलकुदका विभिन्न प्रकार खेल सामाग्रीहरु ति आउटलेटका आकर्षण रहेका छन । स्पोर्टस वेयरको प्रयोग बढे संगै यसमा लगानी गर्नेको व्यवसायीको संख्या समेत बढेको छ भने प्रतिष्पर्धा समेत बढ्दै गएको छ । पोखरामा विशेष गरी पूर्व खेलाडीहरु र खेल संग सम्वन्धित रहेकाहरु स्पोर्टस वेयरको व्यवसायका लागि अगाडी आएका छन । विश्व महामारीका रुपमा फैलिएको कोभिड १९ का कारण पनि आफू स्वस्थ्य बन्न शारिरिक व्ययाम महत्वपूर्ण हुने बताउँदै केसी कोभिड १९ पछि मर्निङ वाक जाने र शारिरिक व्यययाम गर्नेको सँख्या बढे संगै स्पोर्टस वेयर प्रयोग गर्नेहरुको संख्या समेत बढेको आफ्नो व्यवसायिक अनुभव रहेको बताए ।
पोखरामा स्पोर्टस वेयरको आउटलेट वि.सं २०४१/०४२ सालमा शुरु भएको हो । विवेक शाक्यले पोखरामा शुरु गरेको स्पोर्ट्स वुटिक नै पहिलो स्पोर्ट्सको वेयर रहेको बताउँछन वक्सिङका पूर्व राष्ट्रिय खेलाडी वुद्ध गुभाजु । उनले भने–“पहिला तथा स्पोर्ट्स वेयर देखि खेलकुदका सामाग्री किन्न कि त काठमाण्डौ जानु पथ्र्यो कि त भारतको नौतनुवा, पोखराका स्टेशनरीहरुमा समेत केही खेल सामाग्रीहरु किन्न पाइन्थ्यो तर क्वालिटी भने हुन्थेन ।” पोखरामा स्पोर्ट्स वेयरका रुपमा २०५१/०५२ मा देवेन्द्र स्पोर्ट्स खुल्यो भने टेनिसका राजु गुरुङले २०६० सालमा मेसुका स्पोर्ट्सको शुरुवात गरे । मेसुका त्यती बेलाको जापानिज स्पोर्ट्सको चर्चित व्राण्ड थियो ।
अहिले नेपालमा दर्जनौ विभिन्न मुलुकमा उत्पादित स्पोर्टस वेयरका व्राण्डका पाइन्छन । ति मध्ये एडिडास, नाइकी, अण्डर आर्मर, पुमा जस्ता व्राण्डहरु पोखरेलीहरुको लागि विशेष रोजाई बन्ने गरेको बताउँछन गुड विल स्पोर्टसका केसी । केल्मी लगायतका व्राण्डहरु केही खेल संघहरुलाई प्रायोजन गरेका कारणले पनि नेपालमा केल्मीको चर्चा रहेको छ । लिभरपुल क्लवले प्रयोग गर्ने स्पोर्ट्स वेयर मध्येको न्यू व्यालेन्स समेत युवाहरुको रोजाई बन्ने गरेको छ । पुमा, योनेक्स किका, एरिक, रिवक जस्ता व्राण्डहरु आ–आफ्नो खेल अनुसार प्रयोग गर्ने गरिन्छ । नेपालमा नै उत्पादन भएका केटिएम सिटी, शेर्पा, सोनाम, न्यू ऐरा, लिनिङ, पोखरामा स्थापित बाराही स्पोर्टस जस्ता व्राण्डहरु पनि विदेशी व्राण्ड संग प्रतिष्पर्धा गर्दै अघि बढेका छन ।
