एथलेटिक्स परिवारद्वारा वार्षिक कार्यक्रम घोषणा

पोखरा स्पोर्टस । एथलेटिक्स परिवार, नेपालले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक कार्यक्रम घोषणा गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै एथलेटिक्स परिवारले वार्षिक कार्यक्रम घोषण गरेको हो ।

एथलेटिक्स परिवारले २०७८ मंसिरमा काठमाडौंमा युथ एथलेटिक्स च्याम्पियनसिप (यु–१६/यु–२०), २०७८ माघमा नुवाकोटमा झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगिता, २०७८ फागुनमा काठमाडौंमा गोल्डेन एथलेटिक्स मिट र २०७९ साउनमा खुला क्रसकन्ट्री दौड प्रतियोगिता आयोजना गर्ने परिवारका अध्यक्ष राजन खत्रीले जानकारी दिएका छन । खुला क्रसकन्ट्रीको स्थान भने पछि तय गरिने बताइएको छ । सबै प्रतियोगिता आयोजना गर्न करिब ४५ लाख खर्च लाग्ने परिवारले जनाएको छ ।

पत्रकार भेटघाटका अवसरमा एथलेटिक्स परिवारको ९ सदस्यीय पदाधिकारीहरुको नामवली पनि सार्वजनिक गरिएको छ । नवगठित समितीको अध्यक्षमा खत्री छन् भने उपाध्यक्षमा दीपककुमार रन्जित, सचिवमा मन्जु श्रेष्ठ, कोषाध्यक्षमा सुष्मा पाण्डे तथा सदस्यमा राजकुमारी पाण्डे, सिताराम महतो, सुन्दरकेशर कार्की, बुलाल महर्जन र आसराम गोठे रहेका छन् । सल्लाहकारमा मोहन नेपाल, सुशिलनरसिंह राणा, सुनिल राजवंशी र सन्जिव तुलाधरलाई चयन गरिएको छ ।

अध्यक्ष खत्रीले एथलेटिक्स परिवार, नेपाल काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको जानकारी गराए । नेपालमा एथलेटिक्स खेलको विकास एवम प्रवर्द्धन गर्न उक्त संस्था गठन गरिएको अध्यक्ष खत्रीले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close