
पोखरा स्पोर्टस । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अव्दुल्हा अल्मुताइरीले पोखरा रंगशालाको एथ्लेटिक्स ट्रयाकमा साइकल चलाउँदा खेलप्रेमीहरुले विरोध गरेका छन ।
पोखरा रंगशालामा प्रशिक्षण गर्न आउने दौरानमा प्रशिक्षक अल्मुताइरीले आफू चढेर आएको साइकल एथ्लेटिक्स ट्रयाकमा चलाएर लगेका हुन । उनले साइकल चलाएको फोटो सामाजिक सञ्जालमा आए पछि “अनुशासन भन्दा बाहिर” भन्दै विरोध भएको हो ।
धेरैले यो तस्विर हेरे पछि सम्वन्धित खेलकुद निकायले यस बारे प्रशिक्षकलाई जानकारी गराउन र रंगशाला भित्र विशेष गरी करौडौ रुपैयाँ खर्चिएर निर्माण गरिएको अन्तर्राष्ट्रियस्तरको एथ्लेटिक्स ट्रयाक जोगाउन आग्रह गरेका छन । धेरैले भनेका छन–“उनले नवुझेका हुन की वुझ्दा वुझ्दै पनि जानी जानी यसो गरेका हुन ? के उनले नेपाली खेलकुद लाई हेपेकै हुन त ?” खेलप्रेमीहरुले प्रश्न गरेका छन ।
१ अर्व २८ करोड ५० लाख रुपैयाँ खर्च गरी निर्माणको अन्तिम चरणमा रहेको पोखरा रंगशाला फुटबल स्टेडियम, निर्माण कम्पनीले राष्ट्रिय खेलकुद परिषदलाई हस्तान्तरण गरिसकेको छैन ।
