
पोखरा स्पोर्टस । पोखरा महानगर खेलकुद विकास समितीले सवै खेल संघहरुलाई सुचिकरण गर्न आह्वान गरेको छ ।
पोखरा महानगर खेलकुद विकास समितीले एक सूचना प्रकाशित गर्दै महानगर भित्र रहेका खेल संघहरु, क्लवहरु र खेलकुद सम्वन्धि संस्थाहरुलाई पोखरा महानगर खेलकुद विकास ऐन, २०७५ को धारा १३ बमोजिम दर्ता गर्न आह्वान गरेको हो । महानगर खेलकुद समितीका सदस्य सचिव शुभाष खड्का द्वारा हस्ताक्षरित सूचनामा पोखरा महानगर भित्र खेलकुद गतिविधि सञ्चालन गर्ने सबै खेल संस्थाहरुलाई २०७८ भदौ २५ गते सम्म महानगर खेलकुद समितीमा दर्ता गर्न आह्वान गरिएको छ ।

जारी सूचनामा वार्षिका कार्य योजना र आय श्रोत सहित संस्थाका कागजातहरु सहित दर्ताका लागि पेश गर्नुपर्ने उल्लेख गरिएको छ । पोखरा महानगर खेलकुद समितीमा दर्ता नभएका खेल संस्थाहरुलाई पोखरा महानगर भित्र हुने गतिविधिमा महानगरको आर्थिक वा अन्य सहयोग गर्न वाध्य नहुने महानगरको आफ्नै निति रहेको समेत सदस्य सचिव खड्काले पोखरा स्पोर्टसलाई बताए ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार खेलकुदका सवै संघहरु स्थानिय तह हुँदै जिल्ला, प्रदेश र राष्ट्रिय खेलकुद परिषदमा दर्ता गर्नुपर्ने प्रावधान समेत रहेको छ । गत असार २५ गते बाट कार्यालय सञ्चालन भएको पोखरा महानगर खेलकुद विकास समितीको अध्यक्षमा दिपक बहादुर गोदार र सदस्य सचिवमा खड्का नियुक्त भइसकेका छन । तर समितीले भने पूर्णता पाइसकेको छैन ।
