
पोखरा स्पोर्टस । नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघ (नेकोस)ले संगठन विस्तारलाई तिव्रता दिए संगै नेकोस कास्कीको जिल्ला समितीले पूर्णता पाएको छ भने गण्डकी प्रदेशका एघार वटै जिल्लाका इन्चार्ज र सह इन्चार्ज समेत तोकेको छ ।





महासंघले कास्की जिल्ला कमिटि विस्तार गर्ने क्रममा पोखरामा शनिवार आयोजित एक कार्यक्रममा कास्की जिल्ला कमिटीको घोषणा गरिएको हो । नेपाल खेलकुद महासंघ कास्कीमा १ सय ७ सदस्यीय कमिटी विस्तार गरी पदाधिकारीको समेत घोषणा गरिएको छ । कमिटिको अध्यक्षमा दीपकबहादुर गोदार, उपाध्यक्ष द्वयमा किरण गौतम (महिला) र उत्तम गुरुङ, सचिवमा शिवप्रसाद अधिकारी, सहसचिवमा धु्रव थापा र कोषाध्यक्षमा अमर गुरुङलाई चयन गरेको छ ।
सोही कार्यक्रममा कास्कीका चार वटै गाँउपालिकाका इन्चार्जहरु समेत तोकेको छ । मादी गाउँपालिकाको इन्चार्जमा सत्यराज सापकोटा, रुपा गाउँपालिका इन्चार्जमा आशिष श्रेष्ठ, माछापुच्छ्रे गाउँपालिका इन्चार्जमा रामबहादुर सुनार र अन्नपूर्ण गाउँपालिका इन्चार्जमा पुष्पराज अधिकारी रहेका छन । ति पालिकाहरुमा समेत चाँडै नै कमिटी विस्तार गरिने भएको छ ।
कार्यक्रममा गण्डकी प्रदेश सांसद एवं नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले नव गठित कमिटीलाई शुभकामना व्यक्त गर्दै खेलाडीहरुकोे संरक्षण गदै उनीहरुलाई खेल्ने वातावरण निर्माण गर्ने वातावरण बनाउन आग्रह गरे । कास्कीका हरेक वडाहरुमा यूवाहरुलाई खेलकुद महासंघमा संगठित गराउन निर्देशन दिंदै कास्कीका चारवटै पालिकामा खेलकुद र खेलाडीको पक्षमा काम गर्नुपर्नेमा जोड दिंदै उनले भने–“खेलकुदमा नेपालको भूमिका माथी उठाउने कार्यमा कास्कीको खेलकुद महासंघ सक्षम हुने विश्वास लिएको छु ।”
कार्यक्रममा नेकोस स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका संयोजक ऋषि गौतमले खेलकुदको माध्यमबाट खेलाडीलाई संगठित गदै पार्टीलाई सहयोग गर्नुपर्ने बताए । महासंघका गण्डकी प्रदेश सह संयोजक यामबहादुर गुरुङले वर्तमान परिवेश स्वास्थ्य र राजनितिक रुपमा समेत विषम परिस्थिती रहेको बताउँदै यतिबेला नेकपा एमालेलाई चौतर्फी रुपमा घेराबन्दी भैरहेकोले त्यसका विरुद्ध सवै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।
महासंघ कास्कीका अध्यक्ष दिपकबहादुर गोदारको अध्यक्षतामा भएको कार्यक्रममा महासंघ कास्कीका सह इन्चार्ज हरि बरुवाल, जिल्ला सचिव शिवप्रसाद अधिकारी लगायतले आ–आफ्ना धारणा राखेका थिए ।
एघारै जिल्लामा तोकिए इन्चार्ज- शान्ता माया, नेकोस उपमहासचिव 
गण्डकी प्रदेशका एघारै जिल्लामा खेलकुद महासंघलाई विस्तार गर्न इन्चार्ज र सह–इन्चार्जहरु तोकिएको नेकोसकी उपमहासचिव शान्ता माया परियारले पोखरा स्पोर्टसलाई जानकारी दिएकी छन । शुक्रवार सम्पन्न नेकोसको केन्द्रिय कमिटीका पदाधिकारी सहितको परिचय कार्यक्रममा बोल्दै नेकोसकी केन्द्रिय महासचिब शान्ता माया परियारले बिश्वलाई चिनाउन राजनीतिक माध्यमबाट भन्दा पनि खेलकूदको माध्यम बाट छिटो चिनाउन सक्ने भएकोले सबै खेलाडीहरुलाई महासंघको संगठन भित्र राखेर नेकपा एमालेको जबजको माध्यमबाट खेलाडीको हक र अधिकारको बारेमा सुनिश्चित गर्नु नै मुख्य उद्देश्य रहेको बताएकी थिइन ।
उपमहासचिव परियारका अनुसार नवलपुरको इन्चार्जमा विकास केसी र सह इन्चार्जमा श्रीराम सुवेदी, स्याङजा जिल्लाको इन्चार्जमा गिरमान गुरुङ र सह इन्चार्जमा मोहन खनाल, कास्कीको इन्चार्जमा याम गुरुङ र सह इन्चार्जमा हरि वरुवाल रहेका छन ।
त्यसै गरी पर्वतको इन्चार्जमा हर्कमान गुरुङ र सहइन्चार्जमा विष्णु आचार्य, वागलुङको इन्चार्जमा राजन पाइजा र सहइन्चार्जमा दिपेन्द्र रेग्मी, म्याग्दीको इन्चार्जमा नारायण जिशी र सहइन्चार्जमा किरण वानिया, मनाङको इन्चार्जमा छिरिङ लोप्साङ गुरुङ र सहइन्चार्जमा मुखिया लामा, मुस्ताङको इन्चार्जमा छिरिङ ल्हमो गुरुङ र सहइन्चार्जमा भुपिन शेरचन, तनहुँको इन्चार्जमा देवन गुरुङ र सहइन्चार्जमा रिता नेपाली, गोरखाको इन्चार्जमा शान्त सिंह वस्नेत र सहइन्चार्जमा अमृता गुरुङ, लमजुङको इन्चार्जमा यूवराज अधिकारी र सहइन्चार्जमा शोभा पन्थी, पोखरा महानगरको इन्चार्जमा राम चन्द्र थापा र सह इन्चार्जमा राजन सुवेदी रहेका छन ।
