लोकतान्त्रिक खेलकुद गण्डकीले पोखरा रंगशालामा वृक्षारोपण गर्ने

पोखरा स्पोर्टस । नेपाली कांग्रेस निकट लोकतान्त्रिक खेलकुद संघ गण्डकी प्रदेश समितीले पोखरा रंगशालामा वृक्षारोपण गर्ने भएको छ ।

पोखरा रंगशालामा शनिवार विहान शुरु गरिने वृक्षारोपण कायक्रममा ५० विभिन्न प्रकारका विरुवाहरु रोपिने भएको हो । सो बारे जानकारी दिंदै लोकतान्त्रिक खेलकुद संघ गण्डकी प्रदेश समितीका अध्यक्ष हरिश्वर पोख्रेलले पोखरा रंगशालामा हरियाली बढाउन वृक्षारोपण गर्न लागिएको बताए ।

लोकतान्त्रिक खेलकुद गण्डकीको गठन पछि पहिलो पटक आयोजना हुने उक्त कार्यक्रममा सबैलाई सहभागिता जनाउन अध्यक्ष पोख्रेलले आग्रह समेत गरेका छन । उनले भने–“हामी रंगशालामा आयोजित वृक्षारोपण कार्यक्रममा सबैको सहभागिता रहोस भन्ने चाहन्छौ ।” वृक्षारोपणमा विशेष गरी फलफुल र अन्य विभिन्न प्रकारका १२ प्रकारका विरुवाहरु रोपिने भएको उनले पोखरा स्पोर्टसलाई जानकारी दिए । अध्यक्ष पोख्रेलका अनुसार फलफुल र सामाजिक कार्यमा आवश्यक हुने विरुवाहरु पहिलो चरणमा लगाइने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close