पोखरामा चार सय जना खेलाडीले लगाए कोभिड विरुद्धको खोप (फोटो फिचर)

पोखरा स्पोर्टस । पोखरामा पहिलो चरणमा चार सय जना खेलाडीलाई कोभिड विरुद्धको खोप वितरण गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद, गण्डकी प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिती कास्की र पोखरा महानगर खेलकुद विकास समितीको पहलमा खेलाडीलाई पहिलो चरणको खोप वितरण गरिएको हो । कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले खेलाडीलाई खोप वितरण कार्यक्रमको शुरुवात गरे ।

विश्वमा कोभिड १९ को महामारीका कारण करिव १६ महिना देखि घरमा बस्न वाध्य रहेका कास्कीका खेलाडीले खोपको अवसर पाएका हुन । प्राप्त चार सय खोप कास्कीका ३६ खेल संघका ११ जना खेलाडीको दरले वितरण गरिएको प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले पोखरा स्पोर्टसलाई बताए । “खोप वितरण पछि कास्कीको खेलकुद चलायमान हुने विश्वास लिएको छु” गुरुङले भने–“हामीले प्रदेशका ११ वटै जिल्लाका खेलाडीका यस्तै प्रकारले खोप वितरण गर्न मुख्य मन्त्री ज्यू मार्फत प्रदेश सरकारलाई आग्रह गरेका छौं ।”

त्यसै गरी राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले नवौं राष्ट्रिय खेलकुदको तयारीका लागि समेत खोप वितरण कार्यक्रमले सहज हुने बताए । “खेलाडीहरु रंगशाला आउन पाएका थिएनन, खेलकुद प्रशिक्षण ठप्प जस्तै छ, अहिले थोरै भए पनि सूरुवात भएको छ, यसले खेलाडीलाई आफ्नो प्रशिक्षण गर्न सहजता हुनेछ ।” उनले सवै खेलाडीलाई खोपका लागि जिल्ला प्रशासन कार्यालय संग आग्रह गरिएको समेत जानकारी दिए ।

पोखरा रंगशालामा खोप वितरण कार्यक्रमको अनुगमन गर्न प्रमुख जिल्ला अधिकारी गौतम सहितको टोली पोखरा रंगशाला पुगेको थियो । टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी अनिल कुमार शाही लगायत रहेका थिए । खेलाडीलाई सहज रुपमा खोप विरतणका लागि प्रदेश खेलकुद, जिल्ला खेलकुद र पोखरा महानगर खेलकुदको टोली समेत खटिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close