एन्फा विवाद : बयान दिन जाँदै एन्फा उपाध्यक्ष द्वय थापा र खड्का

पोखरा स्पोर्टस । नेपाली फुटबलको छाता संस्था अखिल नेपाल फुटबल (एन्फा)का उपाध्यक्ष द्वय कृष्ण थापा र विर बहादुर खडकाले बुधबार बयान दिने भएका छन ।

एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ र फुटबल प्रशिक्षक अब्दुल्हा अलमुताइरी विच भएको विवाद चरमउत्कर्षमा पुगे पछि राष्ट्रिय खेलकुद परिषद (राखेप)ले गठन गरेको छानविन समितीले मंगलबार बाट बयान लिन शुरु गरेको हो । छानविन समितीले एन्फा विवाद बारे राखेपले एन्फाका पदाधिकारी संग छुट्टा–छुट्टै बयान लिएको छ ।

मंगलवार अध्यक्ष कर्मा छिरिङ शेर्पा सहित प्रवक्ता किरण राई र मुख्य प्रशिक्षण अरुणा गुरुङ संग बयान लिएको राखेपले बुधवार समेत त्यसलाई निरन्तरता दिंदै एन्फा उपाध्यक्ष द्वय थापा र खड्कालाई बयानका लागि बोलाएको हो ।

एन्फामा उठेको विवाद मिलाउन एन्फाले नै यूवा तथा खेलकुद मन्त्रालयमा छानविनका लागि पत्राचार गरेको थियो । मन्त्रालयले एन्फाको विवाद छानविन गरी समाधान गर्न राखेपलाई पत्राचार गरेको थियो । राखेपले सदस्य पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा सात सदस्यिय समिती गठन गरेको छ । छानविन समितीले प्रशिक्षक अलमुताइरीलाई समेत पत्र काटेर बयानका लागि बोलाउने भएको छानविन समितीकी प्रचार प्रसार संयोजक सुवर्ण श्रेष्ठले पोखरा स्पोर्टसलाई बताएकी छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close