गल्फलाई केल्मीको प्रायोजन

पोखरा स्पोर्टस । अन्तर्राष्ट्रिय खेल सामाग्री उत्पादन कम्पनी केल्मीले नेपाल गल्फ संघलाई प्रायोजन गर्ने भएको छ ।

केल्मीको नेपालको लागि आधिकारिक विक्रेता कामरु ट्रेडिङ प्रा.लि. र नेपाल गल्फ संघबीच शुक्रबार प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर भएको हो । संघका अध्यक्ष टासी घले र कामरुका प्रबन्ध निर्देशक प्रदीप न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन । सम्झौता ३ वर्षको रहनेछ । संघले आयोजना गर्ने प्रतियोगिता र नेपाली खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने क्रममा केल्मीको उत्पादन प्रयोग गर्नेछन् ।

केल्मीले नेपाली राष्ट्रिय महिला र पुरुष भलिबल टोलीलाई प्रायोजन गर्दै आएको छ । त्यस्तै नेपाल ओलम्पिक कमिटी र पारा ओलम्पिक कमिटीसँग पनि हालै मात्र केल्मीले प्रायोजना सम्झौता गरेको थियो । भविष्यमा अन्य खेललाई पनि केल्मीले प्रायोजन गर्ने लक्ष्य लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close