
पोखरा स्पोर्टस । क्योकुशिन कान कराँते संघ कास्कीको अध्यक्षमा लक्षुमण कुँवर चयन भएका छन ।
क्योकुशिन कान कराँते संघ कास्कीको ११ औँ वार्षिक साधरण सभा तथा छौंटौ अधिवेशनले अध्यक्षमा कुँवरलाई चयन गरेको हो । कास्की जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख प्रकाश बरालको संयोजकमा गठित निर्वाचन समितिले उपाध्यक्षमा सरद कार्की र जिवन गुरुङ चयन गरेको छ ।
यसै गरी सचिवमा निर्मल केसी, कोषाध्यक्षमा सुजन आचार्य, सदस्यमा शिवराज आचार्य, सुष्मी श्रेष्ठ, टुकदेवी पुन, नविन मल्ल, सुमन प्रतेल, अर्जुन बराम चयन भएका छन् ।
कार्याक्रममा पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपक बहादुर गोदार, निर्वतमान अध्यक्ष बेलबहादुर थापा, निर्वतमान उपाध्यक्ष सागर गिरी, नव निर्वाचित अध्यक्ष लक्षुमण कुँवर लगायतले कार्यक्रममा भनाइ राखेका थिए ।
हाल कास्की संघमा ५ वटा डोजो आवद्ध छन जसमा ३ सय भन्दा बढी खेलाडी रहेका छन् ।
