गण्डकी विश्वविद्यालयले थप्यो विद्यार्थी भर्नाको म्याद

पोखरा स्पोर्टस । गण्डकी विश्वविद्यालयले शुरु गर्ने Bachelor In Sports Management (BSM) र Bachelor In Information Technology (BIT) ४ वर्षे कोर्षका लागि विद्यार्थी भर्ना गर्ने म्याद थपेको छ । विश्वविद्यालयले एक सूचना प्रकाशित गर्दै भर्नाका लागि म्याद थपेको जनाएको हो । यहि साउन ११ गते सम्म रहेको अन्तिम म्याद थप गर्दै विश्वविद्यालयले साउन मसान्त सम्म पुर्‍याएको छ ।

यहि शैक्षिक वर्ष २०७८/०७९ बाट नेपालमा नै पहिलो पटक स्नातक तहको ४ वर्षे Bachelor In Sports Management (BSM) र Bachelor In Information Technology (BIT) अध्ययन अध्यापन शुरु गर्ने जनाएको विश्विद्यालयले कोभिडको विद्यमान सक्रमणको अवस्था र अभिभावक तथा विद्यार्थीको मागलाई समेत मध्यनजर गर्दै भर्नाको म्याद बढाइएको विश्वविद्यालयका उपकुलपति प्रा.डा.नवराज देवकोटाले जनाएका छन ।

नेपालमा पहिलो पटक स्नातक तहमा ४ वर्षे खेलकुद व्यवस्थापनको अध्ययन अध्यापन शुरु गरेको विश्वविद्यालयमा भर्नाका लागि नेपाल भरीबाट धेरैको चासो समेत रहेको उपकुलपति देवकोटाले पोखरा स्पोर्टसलाई बताए । उनले भने–“हामी निकै उत्साहित छौं । जुन प्रकारले अभिभावक र स्वयम विद्यार्थीहरुको पनि उत्तिकै चासो बढेको छ त्यही कारणले पनि म्याद बढाएका हौं । आशा गर्छौ यो नयाँ अध्ययन अध्यापनले यूवाहरुको भविष्यको ढोका उर्घाने छ ।”

विद्यार्थीहरुको सहजताका लागि समेत विश्वविद्यालयले अनलाईन मार्फत भर्ना अभियान जारी राखेको जनाउँदै आगामी भाद्र ५ गते प्रवेश परिक्षा लिइने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close