अन्तर्राष्ट्रिय पुम्सेमा एमिल डोजाङलाई तीन स्वर्ण

पोखरा स्पोर्टस । नेपालको एमिल तेक्वान्दो डोजाङका खेलाडीले तेश्रो एमके क्लासिक खुला अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगितामा ३ स्वर्ण जितेका छन् । त्यसका अलावा एमिलका खेलाडी समान १–१ रजत र कांस्य पनि जिते ।

पुरुष यु–१० मा एड्रिम राई र यु–९ मा कर्मा तामाङ तथा महिला यु–७ मा विशेषता रन्जितले स्वर्ण चुमे । पुरुष यु–९ मा आराध्यादेव अछामीले रजत तथा यु–१३ ब्ल्याकवेल्टमा स्वरुप बायुङ राईले रजत हात पारेको एमिलका प्रमुख प्रशिक्षक विश्व राईले जनाएका छन् । प्रतियोगितामा राईले निर्णायकको भूमिका समेत निर्वाह गरेका थिए ।

प्रतियोगितामा एमिलबाट ५ खेलाडी सहभागी भएको पाँचैले पदक हात पार्न सपफल भएका हुन् । प्रतियोगिता भारतमा जुलाई १६ देखि १८ तारिखसम्म भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close