
पोखरा स्पोर्टस । जापानको राजधानी टोकियोमा आयोजना हुने आसन्न ओलम्पिकमा जान तयार रहेकी एथ्लेटिक्स प्रशिक्षक इन्दिरा मल्ल अन्तिम समयमा आएर रोकिएको छ ।
नेपाल ओलम्पिक कमिटी (एनओसी)ले आइतबार दिउसो एक प्रेस विज्ञप्ती मार्फत प्रशिक्षक मल्ल कोभिड १९ पोजेटिभ पाइए पछि उनको यात्रा रोकिएको जनाएको हो । तर प्रशिक्षक मल्लले आफूलाई अन्तिम समयमा आएर हत्सोसाहित बनाउन खोजेको भन्दै आफूलाई जापान जान रोकिएको बताएकी थिइन ।
लगतै प्रशिक्षक मल्लको भनाई प्रती आफ्ना धारणा राख्दै एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले कसैलाई पनि हत्सोसाहित बनाउन नखोजिएको बताए । “हामी कसैलाई पनि रोक्ने भन्ने प्रश्न नै हुँदैन, हामी पनि निकै दुखिःत छौं, हामीलाई जुन ‘फिल’ भएको छ त्यो कुरा अरुलाई पक्कै हुँदैन,” उनले थपे–“हामीले पटक–पटक खेलाडी र अफिसियलहरुको कोभिड परिक्षण गरेका छौं, अन्तिम समयमा जो कोही पनि कोभिड पोजेटिभ आयो भने जापान जाने प्रश्न नै उठदैन ।”
एनओसी बाट कोभिड परिाक्षण रिपोर्ट अन्तिम समय अर्थात जापान जाने समयमा मात्रै उपलव्ध गराउने प्रावधान रहेको बताउँदै जापानमा समेत कोभिडको सतर्कता उच्च रहेको जनाउँदै भने–“प्रशिक्षक मल्ल प्रति आफ्नो पूर्ण सहानुभुती छ, उनी एक राम्रो प्रशिक्षक हुन, अहिले कोभिडका कारण रोकिए पनि उनको सम्भावना धेरै छ ।”
