अन्नपूर्ण गाउँपालिका भलिबल संघको अध्यक्षमा ‘अमृत’

पोखरा स्पोर्टस । अन्नपूर्ण गाउँपालिका अन्तर्गत भलिबल संघको अध्यक्षमा अमृत लामा गुरुङ निर्विरोध चयन भएका छन् ।

गत आइतबार कास्की जिल्ला भलिबल संघका निवर्तमान वरिष्ठ उपाध्यक्ष खगेन्द्र गौचनको संयोजकत्वमा बसेको भेलाबाट लामा अमृत फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङ नेतृत्वको ११ सदस्यीय समित गठन गरिएको हो ।

गुरुङको नेतृत्वमा बनेको कार्यसमितिको उपाध्यक्षमा भलिबल खेलाडी अनिल घमाल, सचिवमा अतित गुरुङ, सह–सचिवमा जिवन सापकोटा र कोषाध्यक्षमा श्याम गुरुङ चुनिए ।

यसैगरि सदस्यमा गम बहादुर गुरुङ, हरिचन्द्र सुनार, मनोज गुरुङ, ईश्वर गुरुङ, विष्णुबहादुर गुरुङ र शिव कुमार पौडेल चयन भए । उक्त कार्यसमितिको कार्य अवधि ४ वर्ष रहने नवनिर्वाचित अध्यक्ष लामा गुरुङले जानकारी दिए ।

उक्त टिमलाई अन्नपूर्ण गाउँपालिकाका प्रमुख विष्णु केसी, प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटा, कास्की जिल्ला भलिबल संघका अध्यक्ष विष्णु गुरुङ तथा निवर्तमान वरिष्ठ उपाध्यक्ष खगेन्द्र गौचन लगायतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close