
पोखरा स्पोर्टस । साफ च्याम्पियनसिप र एफसी एशियन कप क्वालिफाइङ राउण्डको तयारीका लागि बन्द प्रशिक्षणमा रहेका १४ खेलाडी बाहिरिएका छन ।
मुख्य प्रशिक्षक अव्दुल्हा अल्मुतारीले राष्ट्रिय टिमका लागि बन्द प्रशिक्षणमा रहेका ३६ जना खेलाडीको नाम घोषणा गरेका हुन । बन्द प्रशिक्षणबाट बाहिरिएका खेलाडीहरुमा गोलरक्षक विशाल सुनार, अमित तामाङ, बिवेक बस्नेत, दर्शन गुरुङ, दोना थापा, गौरव बुढाथोकी, मिक्चेन तामाङ, निरज बस्नेत, निशान खड्का, प्रिजेन तामाङ, रवी पासवान, सेसेहाङ आङदेम्वे, शिसिर लेखी र सुदिल राई रहेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । यद्यपी मिड फिल्डर विक्रम लामा भने राष्ट्रिय टिममा नै रहेका छन । उनी चोटका कारण अझै उपचाररत रहेका छन । उनी पूर्ण निको भएमा राष्ट्रिय टोली संग जोडिनेछन ।
बन्द प्रशिक्षणमा रहेका राष्ट्रिय टोलीका खेलाडीहरुमा गोलकिपरहरु किरण कुमार लिम्वु, दिप कार्की, विकेश कुथु, विशाल श्रेष्ठ र अपर्ण कार्की, र अन्य खेलाडीहरुमा आशिष लामा, अभिषेक रिजाल, भरत खवास, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयूष घलान, विशाल राई, दिनेश राजवंशी र गौतम श्रेष्ठ रहेका छन ।
त्यस्तै जर्ज प्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, नवयूग श्रेष्ठ, नितिन थापा, प्रकाश वुढाथोकी, पुजन उपरकोटी, राजन गुरुङ, राजिव लोपचन, रन्दिप पौडेल, रन्जित धिमाल, रोशित चन्द, सन्जोग राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल वल, सुरज ठकुरी, तेज तामाङ र त्रिदेव गुरुङ रहेको एन्फाले जनाएको छ ।
