गणेशमान सिंह बक्सिङ भोलीबाट, तयारी पुरा

पोखरा स्पोर्टस । नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहको स्मृतिमा गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता मंगलबारदेखि सुरु हुने भए संगै तयारी समेत पुरा भएको छ ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा काठमाडौंको बसन्तपुर डबलीमा आगामी शनिबारसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिता संयोजक राजीव श्रेष्ठले जानकारी दिएका हुन् । ‘प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । सातै प्रदेशका खेलाडी, प्रशिक्षक र टिम व्यवस्थापक काठमाडौं आइसकेका छन्’, उनले भने, ‘हामी सबै खेलाडी, प्रशिक्षक र अफिसियललाई स्वागत गर्न आतुर छौं ।’

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहने भएको हो । प्रतियोगितामा पुरुषतर्फ ४८, ५७, ६३, ६९, ७५, ८१, ९१ केजी गरी सात वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी महिलातर्फ ४८, ५४—५७, ६०, ६४—६९, ६९—७५ केजी गरी पाँच वटा तौल समूहमा प्रतिस्पर्धा हुने छ ।

प्रतियोगितामा प्रदेश १ बाट सात पुरुष/चार महिला, मधेश प्रदेशबाट सात पुरुष/पाँच महिला, बागमती प्रदेशबाट सात पुरुष/तीन महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । यसैगरी गण्डकी प्रदेशबाट सात पुरुष/तीन महिला, लुम्बिनी प्रदेशबाट ६ पुरुष/चार महिला, कर्णाली प्रदेशबाट ६ पुरुष/४ महिला, विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट सात पुरुष/पाँच महिला, एपीएफबाट सात पुरुष/५ महिला र नेपाल पुलिस क्लबाट चार पुरुष/२ महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा ६५ पुरुष र ३७ महिला गरी १०२ जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताका हरेक तौल समूहका विजेताले २५ हजार नगद पुरस्कार पाउने छन् । यसैगरी दोस्रो हुनेले १५ हजार र तेस्रो स्थान हात पार्ने दुई खेलाडीले जनही सात हजार पाँच सय रुपैयाँ पुरस्कार पाउने छन् । यसैगरी उत्कृष्ट पुरुष खेलाडीलाई मोटरसाइकल र उत्कृष्ट महिला खेलाडीलाई स्कुटर प्रदान गरिने प्रतियोगिता संयोजक राजीव श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close