मन्त्री मनाङेले सम्हाले यूवा तथा खेलकुद मन्त्रालय

पोखरा स्पोर्टस । गण्डकी प्रदेश सरकारमा विना विभागिय मन्त्री रहेका राजिव गुरुङ ‘दिपक मनाङे’ले यूवा तथा खेलकुद मन्त्रालय सम्हालेका छन ।

आइतबार मन्त्रालयमा पुगेर मन्त्री मनाङले पदभार ग्रहण गरेका हुन । उनलाई यूवा तथा खेलकुद मन्त्रालयका सचिब बिनोद बहादुर कुवरले पद बहाली गराएका थिए । पदभार ग्रहण गरे गतै मन्त्री मनाङेले यूवा कार्यक्रम अन्तर्गतको एक दिर्घकालिन निर्णयमा हस्ताक्षर समेत गरेका छन ।

मन्त्रालयमा पद वहालीका लागि पुगेका मन्त्री मनाङेलाई प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङ, मन्त्रालयका कर्मचारीहरु, प्रदेश खेलकुद परिषदका वोर्ड सदस्यहरुले स्वागत गरेका थिए ।

मन्त्री मनाङले तेश्रो पटक गण्डकी प्रदेश यूवा तथा खेलकुद मन्त्रीको रुपमा तेश्रो पटक पदभार ग्रहण गरेका हुन ।

पदभार ग्रहण पछि कुरा गर्दै मन्त्री मनाङले खेलकुद लाई यूवा स्वरोजगार संग जोड्दै धेरै भन्दा धेरै यूवाहरुलाई रोजगार प्राप्त गर्ने गरी आफ्ना कायक्रम अघि बढाउने बताए । उनले भने–“सानो मन्त्रालय भनेर कोही आउन नमान्ने रहेछन, तर म यो मन्त्रालयलाई अन्य मन्त्रालय भन्दा पनि चलायामान मन्त्रालयको रुपमा अघि बढाउँछु ।”

अहिले रोजागर कै कारण धेरै यूवाहरु भौंतारिनु परेको समाजको यर्थाथ चित्रण रहेको बताउँदै मन्त्री मनाङेले उनीहरुलाई खेलकुद तर्फ मात्रै नभई रोजगारका सम्भावना संगै उत्पादनमुखी बनाउन आवश्यक रहने कुरामा जोड दिए । मन्त्रालय सम्हाल्ने भनेको चुनौतीको विषय रहेको बताउँदै उनले प्रत्येक जिल्लामा यूवा स्वारोजगार अन्तर्गत १–१ करोड विनियोजन गर्दै यूवाहरुलाई उत्पादन संगै व्यवसाय मुखी बनाउन आफ्नो कार्यकालमा सक्दो पहल गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close