नेपाली खेलकुद इतिहास समेटिएको नयाँ वेवसाइटको शुभारम्भ

पोखरा स्पोर्टस । नेपाल ओलम्पिक कमिटी (एनओसी)को विशेष सहयोगमा ओलम्पिक सोलिडारिटी अन्तर्गत नेपाल ओलम्पिक संग्राहलयले नेपाली खेलकुद इतिहास समेटिएको नयाँ वेवसाइटको शुभारम्भ गरेको छ ।

उक्त साइटको मंगलबार एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले (sportsnepal.org) स्पोर्टस नेपाल डट ओआरजीको एक कार्यक्रमका विच शुभारम्भ गरेका हुन । वेवसाइटमा नेपाली खेलकुदको डिजिटल अभिलेखिकृत प्रोजेक्ट (२०२०–२०२१) को पहिलो चरणमा नेपाली खेलकुदको इतिहाससँग जोडिएका सामग्रीको संकलन र अभिलेखिकरण सुरु भएको छ । उक्त साइट निर्माणका लागि सोलिडारिटी कार्यक्रमबाट १५ हजार डलर प्राप्त भएको थियो र यसको औपचारिक सुरुआत पछिल्लो मंसिर १ बाट सुरु भएको एनओसीले जनाएको छ ।

उद्घाटन कार्यक्रमका अवसरमा एनओसीका अध्यक्ष श्रेष्ठले अनलाइन संस्करणले नेपाली खेलकुदको पुरानो र नयाँ पुस्तालाई जोड्न सहयोग पुग्ने बताए । उनले नेपाली खेलकुदको इतिहास लामो भएको र त्यसको अभिलेखीकरण गर्ने काम वृहद पक्ष रहेको बताए । नेपाली खेलकुदको इतिहासको संरक्षणमा नेपाल ओलम्पिक कमिटीको सहयोग सधैं रहि रहने अध्यक्ष श्रेष्ठले प्रतिवद्धता जनाएका छन ।

यस्तै एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले नेपाली खेलकुदलाई अभिलेखीकरणको सुरुआत मात्र भएको र यसको निरन्तरता आवश्यक भएको कुरा औंल्याएका छन । कार्यक्रममा एनओसीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्यले नेपाली खेलकुदका लागि इतिहास अभिलेखीकृत गर्ने कार्यक्रमको ठूलो महत्व रहेको प्रकाश पारे ।

कार्यक्रममा नेपाल ओलम्पिक म्युजियमका अध्यक्ष क्षितिजअरुण श्रेष्ठले वेब साइटको विविध पक्षबारे जानकारी दिएका थिए । सो अवसरमा एनओसीका उपाध्यक्षद्वय ज्योति राणा र उपाध्यक्ष अशोक वज्राचार्य, सचिव तुलसी थापा तथा सदस्य राम अवाले र रमेश सिवाकोटीको पनि सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close