‘टाइगर कप’ भलिबल’ च्याम्पियनशिप माघ ८ गतेबाट

पोखरा स्पोर्टस । ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनशिप महिला तथा पुरुष भलिबल’ प्रतियोगिता आगामी माघ ८ गतेबाट सुरु हुने भएको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा तेश्रो संस्करणको उक्त प्रतियोगिता माघ १४ गते सम्म सञ्चालन हुनेछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सञ्चालन हुने उक्त प्रतियोगिताका लागि नेपाली भलिबल संघहरुको छाता संस्था नेपाल भलिबल संघले स्विकृती प्रदान गरेको संस्थाका अध्यक्ष नारायण शर्माले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् ।

पोखरा रंगशालाको भलिबल कोर्टमा सञ्चालन हुने प्रतियोगितामा विभागिय महिला तथा पुरुष टोली सहित विभिन्न क्लवहरुको सहभागिता रहने छ । प्रतियोगिता फिव, काभा र एनभिएको नियमनुसार सञ्चालन गर्ने गरी स्विकृती प्रदान गरिएको नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले जनाएका छन् ।

दोश्रो संस्करणमा पुरुषतर्फ नेपाल आर्मी र महिला तर्फा एपिएफ क्लवले उपाधि जितेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close