मासुके र स्टेफन एनआरटीमा अनुवन्ध

पोखरा स्पोर्टस । नेपालको ‘ए’ डिभिजनको फुटबल क्लव न्यूरोड टिम (एनआरटी)ले अफ्रिकन मुलका दुई जना विदेशी खेलाडीलाई टिममा भित्राएको छ ।

आगामी असोज ३ गतेबाट शुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि मासुेक ओलुमो र स्टेफेन समिरलाई अनुवन्ध गरेको हो । नेपालमा पहिलो पटक होम एन्ड अवे प्रणालिमा आयोजना हुन लागेको लिगमा न्युरोड टिम (एनआरटी)ले पूर्व तयारी अनुरुप विदेशी खेलाडीलाई अनुवन्धित गरेको क्लवलाई जारी विज्ञप्तीमा जनाइएको छ ।

गत जेठमा सम्पन्न नेपालको पहिलो फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसल) को उपाधि काठमाडौँ रेजर्सले उचाल्दा यि दुवै खेलाडीको योगदान महत्वपूर्ण रहेको भन्दै क्लवका अध्यक्ष सुन्दर नरसिंह जोशीले सो लयलाई कायम राख्न उनीहरु सफल हुनेमा आफू विश्वस्त रहेको बताएका छन ।

लिगका लागि चार जना विदेशी खेलाडी अनुवन्ध गर्नसक्ने प्रावधानलाई मध्ये नजर गर्दै क्लवले एनएसलमा सहभागी थप २ खेलाडीलाई क्लवमा अनुवन्ध गर्ने तयारी गरिरहेको अध्यक्ष जोशीले विज्ञप्ती मार्फत जनाएका छन ।

यस अघि सिंगल राउन्डमा भएको ‘ए’ डिभजिन लिगमा सहभागि हुँदै एनआरटी बि.स.१९९१ मा स्थापना भएको हो । एनआरटीले ४ पटक ‘ए’ डिभिजन लिगको उपाधि उचालेर इतिहास समेत बनाएको छ । असोज पहिलो साताबाट हुने नयाँ ढाँचाको लिगमा हामी बिगतका वर्षमा हात पारेको सफलतालाई दोहर्याउने विश्वास लिएका बताउँदै अध्यक्ष जोशीले त्यसका लागि एनआरटीले आफ्नै ढंगबाट तयारी थालिसकेको जनाएका छन ।

टिम घोषणा र प्रतियोगिताको मिति तय नभएको अवस्थामा पनि टिमले अभ्यास थालिसकेको जनाउँदै प्रशिक्षकमा राजुकाजी शाक्यलाई निरन्तरता दिएको क्लवले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close