पार्की होइन अव सरस्वती जाने भइन जापान

पोखरा स्पोर्टस । जापानको राजधानी टोकियोमा आयोजना हुने विश्व खेलकुदको महाकुम्भ ओलम्पिकको तयारीमा लामो समय देखि जुटेका म्याराथनका गोपीचन्द्र पार्कीको अन्तिम समय जान नपाउने भएका छन ।

नेपाल ओलम्पिक कमिटी (एनओसी), राष्ट्रिय खेलकुद परिषद (राखेप) र नेपाल एथ्लेटिक्स संघले एक संयूक्त प्रेस विज्ञप्ती जारी गर्दै उक्त कुरा जानकारी गराएका हुन । एनओसीका अध्यक्ष जिवनराम श्रेष्ठ, राखेपका सदस्य सचिव रमेशकुमार सिलवाल र एथ्लेटिक्स संघका अध्यक्ष राजिव विक्रम शाहले अथक प्रयासका बावजुद पनि पार्कीको सहभागिता ओलम्पिकमा हुन नसकेको जनाएका छन ।

पार्कीको सहभागिता सुनिश्चित गर्न सम्वन्धित खेलको अन्तर्राष्ट्रिय महासंघ प्राविधिक कमिटी मार्फत हुने भएको म्याराथनको हकमा कोटा भन्दा बढि आवेदन परेकोले पार्कीको नाम समावेश हुन नसकेको जारी विज्ञप्तीमा जनाइएको छ । पार्कीको स्थान १०० मिटर महिला धावकको कोटा नेपाललाई आएको उल्लेख गर्दै विज्ञप्तीमा नेपालबाट उत्कृष्ट धाविक सरस्वती चौधरीको नाम सिफरिस गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close