
पोखरा स्पोर्टस । अखिल नेपाल फुटबल संघ (एन्फा), संकटा क्लब र नेक्सस स्कूलबीच फुटबल एकेडेमी सञ्चालन गर्न त्रिपक्षीय सम्झौता भएको छ ।
एकेडेमी सञ्चलान गर्न मंगलबार एन्फा कम्प्लेक्सको सातदोबाटोमा आयोजित कार्यक्रमका विच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । सम्झौतामा एन्फाका उपाध्यक्ष तथा युवा विकास समितिका अध्यक्ष उपेन्द्र मान सिंह, संकटका क्लबका कार्यवाहक अध्यक्ष सुरेन्द्र शिखाकार, नेक्सस स्कूलका प्राचार्य आरबी कटुवालले हस्ताक्षर गरेका छन .।
सम्झौता बमोजिम १४ जना खेलाडी मध्ये संकटा क्लबका सात खेलाडी र नेक्सस स्कूलका सात खेलाडी पहिलो वर्षको लागि नेक्सस–संकटका युवा फुटबल एकेडेमीमा सम्मिलित हुनेछन । खेलाडीहरूले संकटा क्लबको मैदानमा प्रशिक्षण लिनेछन् भने नेक्सस स्कूलले उनीहरूको अध्ययन अध्यापनका लागि छात्रवृत्ति प्रदान गर्नेछ ।
दोस्रो वर्षमा संकटा क्लबले एकेडेमीमा थप १४ खेलाडीहरू सहभागी गरी खेलाडीको संख्या २१ जना पु–याउने भएको छ । विभागीय टोली नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाल आर्मी पछि एकेडेमी चलाउने सम्झौतामा हस्ताक्षर गर्ने संकटा क्लब पहिलो नागरिक स्तरको क्लब बन्न पुगेको छ ।
हस्ताक्षर समारोहमा एन्फाका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पा, उपाध्यक्ष शिक्षित पराजुली, महासचिव इन्द्रमणी तुलाधर, सहायक महासचिव अरुणमान जोशी पनि उपस्थित रहेको एन्फाले जनाएको छ ।
