गण्डकी विश्वविद्यालयमा स्नातकतह स्पोर्टस म्यानेजमेन्ट (बिएसम)मा खुल्यो भर्ना

पोखरा स्पोर्टस । प्रदेश सरकारले गठन गरेको गण्डकी विश्वविद्यालयले स्नातक तहको स्पोर्टस म्यानेजमेन्ट (बिएसम)मा भर्नाका लागि आवेदन माग गरेको छ ।

नेपालमा पहिलो पटक यो वर्ष बाट स्नातक तहमा स्पोर्टस म्यानेजमेन्ट (बिएसम)मा अध्ययन अध्यापन शुरु गर्ने भएपछि भर्नाका लागि आवेदन मागिएको हो । विश्वविद्यालयले गठन भए सँगै करिव एक वर्ष देखि स्पोर्टस म्यानेजमेन्टमा अध्ययन अध्यापन शुरु गर्ने जनाएको थियो । विश्वविद्यालयले प्रकाशित गरेको सूचनामा कुनै पनि विषयमा कक्षा १२ वा नेपालमा सञ्चालन भएका सिटिइभिटी कोर्षबाट डिम्लोमा उर्तिण गरेकाहरुले बिएसमको अध्ययन गर्न पाउने प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

४ वर्षे कोर्षको ८ सेमेष्टर अन्तर्गत अध्ययन अध्यापन हुने स्पोर्टस म्यानेजमेन्ट (बिएसम)ले नेपाली खेलकुदको जगलाई अझ बलियो बनाउन सहयोग पुग्ने भन्दै प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब तेज बहादुर गुरुङले खुसी व्यक्त गरेका छन । “हामीले विश्वविद्यालय गठन भए सँगै स्नातक तहमा स्पोर्टस म्यानेजमेन्ट कोर्ष शुरु गर्नु पर्छ भनेका मात्रै थिएनौ यसका लागि व्यक्तिगत रुपमा सहकार्य समेत गरेका थियौं,” उनले भने–“धेरै मेहनत पछि यो साकार भएको छ यो नेपाली खेलकुदका लागि खुसीको क्षण हो ।”

यसैगरी विश्वविद्यालयमा विएसमको अध्यापन शुरु हुने भएपछि पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका निर्देशक कृष्ण तिमिल्सिनाले खुसी व्यक्त गर्दै भनेका छन–“नेपाली खेलकुदको इतिहासमा नै पहिलो पटक बिएसमको पढाई शुरु भएको छ अव नेपाली खेलकुदमा जनशक्तीको उत्पादनमा यसले ठूलो सहयोग पुग्ने छ ।” नेपाली खेलकुदमा स्नातक उर्तिण गरेका प्रशिक्षक उत्पादनका लागि सहायक हुने सँगै खेलकुदको व्यवस्थापकिय भूमिकामा समेत यो कोर्षले सहयोग पुग्ने उनले बताए ।

“यो कोर्षले प्रशिक्षक उत्पादनका लागि सहायक भुमिका खेल्ने मात्रै छैन यो अध्ययन पछि खेलकुदको व्यवस्थापन गर्ने विज्ञहरु समेत उत्पादन गर्नेछ जसका कारण कुनै पनि प्रतियोगिताहरु सहज रुपमा सञ्चालन गर्न सहयोग पुग्नेछ,” निर्देशक तिमिल्सिनाले भने–“नेपालका विद्यालयहरुमा खेल शिक्षकको अभाव पुरा गर्न समेत बिएसम कोर्षले सहयोग पुग्ने छ ।” उनले गण्डकी प्रदेशमा मन्त्रीस्तर तहमा समेत यो बारे गहन छलफल भएको बताउँदै अब यो कोर्षको अध्ययन पछि खेल शिक्षकहरुको आपुर्तीमा समेत सहजता हुने बताए ।

बिएसम कोर्षको अध्ययन पछि स्नाकोत्तर तहमा एमविए अध्ययन गर्ने गरी कोर्ष डिजाइन भएको निर्देशक तिमिल्सिनाले भने–“एमविए मात्रै नभई स्पोर्टस साइन्समा स्नाकोत्तर अध्ययन गर्न समेत यसले सहयोग पु–याउने छ ।”

विश्वविद्यालयले शुरु गने बिएसम कोर्ष डिजाइन गर्न तेज बहादुर गुरुङ, कृष्ण तिमिल्सिना, प्रा.डा धुर्व कार्की, डा.प्रकाश प्रधान, आशिष आचार्य, खड्ग बहादुर रानाभाट, मधु सुवेदी सम्मिलित बिज्ञ टोली गठन गरेको थियो ।

विश्वविद्यालयले बिएसम सँगै व्याचलर्स इन इन्फर्मेशन टेक्नोलोजी (विआइटी)मा समेत भर्ना खोलिएको विश्वविद्यालयको सूचनामा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close