दृष्टि विहिन नेपाल भारत सिरिज क्रिकेट : भारतको जित

पोखरा स्पोर्टस । भारतीय नेत्रहीन महिला क्रिकेट टोलीले ९ विकेटको फराकिलो जित हासिल गरेको छ ।

पोखरा रंगशालामा सम्पन्न भएको नेपाल भारत दुइपक्षिय टी–२० दृष्टिविहीन महिला क्रिकेट सिरिजको दोश्रो खेलमा भारतले जित निकालेको हो । टस जितेर फिल्डिङ्ग रोजेको नेपालले सम्पूर्ण विकेट गुमाउँदै १७२ रन बनाएको थियो । भारतले १७३ रनको लक्ष्य १ विकेटको क्षतीमा भेट्टाएको हो ।

भारतीय नेत्रहीन महिला क्रिकेट टिमको तर्फबाट फुला सरेनले ४३ वलमा नटआउट ५ चौका सहित ६५ रन तथा सिमु दाशले २७ वलमा नटआउट ४ चौका सहित ६६ रन, उपकप्तान गंगावा निलप्पाले २२ रनको योगदान दिए ।

नेपाली नेत्रहीन महिला क्रिकेट टोलीले २० ओभरको समाप्तिमा सरिता घिमिरेले सर्वाधिक ५६ र विमला राइले २९ रन बनाएका थिए । त्यसै गरी विनिता पुनले १८, माया लुङ्गगेली तथा मुना अर्यालले १४ र रिता थापाले १० रन नेपालको लागि बनाएका थिए ।

आजको जित संगै सिरिज १–१ को बराबरीमा रहेको छ ।  सिरिज अन्तर्गत बाकीँ खेलहरु १५, १६ र १७ गते मुलपानी क्रिकेट मैदानमा खेलिने छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close