ओलम्पिक्समा पदक लक्ष्य हुनु पर्छ : उपराष्ट्रपति पुन

पोखरा स्पोर्टस ।  उपराष्ट्रपति सम्मानीय नन्दबहादुर पुनले ओलम्पिक्समा नेपालले पदक जित्ने लक्ष्य लिनु पर्ने बताउदै त्यसका लागि नेपाली खेलकुद क्षेत्रले त्यसै अनुसारको योजना बनाउन आवश्यक परेको बताउनु भएको छ । नेपाल ओलम्पिक कमिटीको आयोजनामा बुधबार आयोजित ओलम्पिक डे २०२१ को मुख्य कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्नु हुदै उपराष्ट्रपति पुनले ओलम्पिक्समा नेपाली खेलाडीको अहिलेसम्मको प्रदर्शनको समीक्षा हुनु पर्ने पनि बताउनु भयो ।

उहा“ले ओलम्पिक डेलाई लिएर भन्नुभयो, ‘विश्व खेलकुद क्षेत्रका लागि यो महान दिन हो । ओलम्पिकको इतिहास भनेको समग्र मानव सभ्यताको उचाइ पनि हो ।’ कमिटीको मुख्यालय सातदोबाटोमा आयोजित विशेष कार्यक्रममा उपराष्ट्रपति पुनले नेपालका झण्डा झण्डोत्तोलन पनि गर्नु भएको थियो । यस्तै कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको झण्डा पनि भण्डोत्तोलन गर्नु भयो । ओलम्पियन मुकुन्द श्रेष्ठको नेतृत्वमा रहेको ओलम्पिक खेलाडीको समूहले उपराष्ट्रपतिलाई ओलम्पिक टर्च पनि हस्तान्तरण गरेका थिए ।

कार्यक्रम नेपाल ओलम्पिक कमिटीको आयोजनामा स्पोर्टस फर अल कमिसनको संयोजन भएको हो । कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले कार्यक्रमका अवसरमा ओलम्पिक डेको महŒवबारे प्रकाश पार्नु भयो । यस्तै युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपानेले ओलम्पिक डेका अवसर सबै खेलाडीलाई बधाइ दिंदै देशका लागि उच्च प्रदर्शनको अपेक्षा रहेको बताउनु भयो । कार्यक्रममा बोल्नु हुदै कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुदले समाजमा सकारात्मक असर पर्ने र यसले शान्ति, समृद्धि, सद्भावना र विकासका लागि सहयोग गर्ने बताउनु भयो ।

उहाले भन्नु भयो, ‘कोरोना महामारीको विषम परिस्थितिमा खेलकुदले दिन चाहेको नारा सबै सुरक्षित, स्वस्थ्य र सचेत रहोस भन्ने हो ।’ कार्यक्रमको अवसरमा उपराष्ट्रपति पुनले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेका संघ तथा ओलम्पिक डे २०२१ मा उत्कृष्ट योगदान दिने संघलाई कदरपत्र पनि प्रदान गर्नु भयो । काठमाडौंमा भएको दक्षिण एसियाली खेलकुदमा नेपालले १३ खेलमा स्वर्ण जितेको थियो ।

कार्यक्रममा कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु हुदै नेपाली खेलकुद विकासका लागि दीर्घकालीन योजना र लगानी आवश्यक रहेकोमा जोड दिनु भयो । कार्यक्रम कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्यले संचालन गर्नु भएको थियो । त्यस अवसरमा कमिटीका उपाध्यक्षलगायत सम्पूर्ण पदाधिकारी र सदस्यहरू साथै विभिन्न राष्ट्रिय खेल संघका अध्यक्ष तथा पदाधिकारी, ओलम्पियन्स, सेना, प्रहरी र शसस्त्र प्रहरीका प्रतिनिधिको पनि उपस्थिति थियो ।

कमिटीको दराजसग सम्झौता
नेपाल ओलम्पिक कमिटीले अलिबाबा ग्रुपअन्तर्गतको कम्पनी दराजले टोकियो ओलम्पिक २०२० का क्रममा नेपालमा ओलम्पिक गतिविधिको प्रवद्र्धनका लागि बुधबार एक अनुबन्धमा हस्ताक्षर गरेका छन् । त्यसमा कमिटीका तर्फबाट अध्यक्ष जीवनराम श्रेष्ठ र दराजका कार्यकारी निर्देशक लिनो अहलेरिङले हस्ताक्षर गर्नुभयो । त्यस अनुबन्ध अन्तर्गत दराजले अब कमिटीलाई ओलम्पिक भावना, कार्यक्रम र खेलाडीको प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम गरेर सहयोग गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close