
पोखरा स्पोर्टस । काठमाण्डौमा सम्पन्न साफ महिला च्यापियनसिपमा उपविजेता नेपाली खेलाडीहरुलाई सरकारको तर्फबाट जनही तीन लाख दिने घोषणा गरेको छ ।
च्यापियनशिपमा उपविजेता नेपाली खेलाडीहरुलाई जनही तीन लाख पुरस्कार प्रदान गरिने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको हो ।
यस्तै मुख्य प्रशिक्षकले २ लाख पाउने छन् भने व्यवस्थापक, सहायक प्रशिक्षक तथा चिकित्सकले एक लाख २० हजारका दरले पुरस्कार पाउने छन् ।
साफ महिला च्याम्पियनशिप सातौ संकरणमा नेपाल उपविजेता बनको हो । यही कार्तिक १५ गते दशरथ रंगशालामा भएको फाईनलमा वंगलादेश संग २–१ गोलले नेपाल पराजित भएको थियो ।
