पोखरा रंगशालामा वृक्षारोपण तथा सरसफाई कार्यक्रम शुरु (फोटो फिचर)

पोखरा स्पोर्टस । पोखरा रंगशालामा बुधबारबाट वृक्षारोपण तथा सरफाई कार्यक्रम शुरु भएको छ ।

जिल्ला खेलकुद विकास समिती कास्कीको आयोजनामा तिन दिने विभिन्न अभियान कार्यक्रम अन्तर्गत वृक्षारोपण तथा सरसफाई कार्यक्रम शुरु गरिएको हो । उक्त कार्यक्रमको शुभारम्भ राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य राजेश कुमार गुरुङले गरेका छन ।

जिल्ला खेलकुद कास्कीका अध्यक्ष तोरण बहादुर बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष महेन्द्र गुरुङ, सचिब भिम पराजुली, कोषाध्यक्ष कन्चन थापा कोइराला, जिल्ला खेलकुदका सदस्यहरु, क्षेत्रिय खेलकुदका कर्मचारीहरु, पोखरा महानगर पालिका खेलकुद समितीका अध्यक्ष दिपक बहादुर गोदार, विभिन्न खेलकुद सम्वद्ध प्रशिक्षक, खेलाडी तथा संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

मंगलबारबाट शुरु हुने भनिएको उक्त कार्यक्रम पोखरामा भइरहेको भारी वर्षाका कारण आजबाट शुरु गरिएको जिल्ला खेलकुद अध्यक्ष बानियाँले पोखरा स्पोर्टसलाई बताए । ‘नवौं राष्ट्रिय खेलकुदको पूर्व तयारी सँगै पोखरा रंगशालाको सुन्दरता बढाउन जिल्ला खेलकुदले वृक्षारोपण तथा सरसफाई कार्यक्रमलाई प्राथमिकतामा राखेका छौं,’ अध्यक्ष बानियाँले भने ।

पोखरा रंगशालामा शुरु गरिएको वृक्षारोपण अन्तर्गत विभिन्न प्रकारका फलफुलका विरुवाहरु रोपिएको जिल्ला खेलकुदका सदस्य तथा वृक्षारोपण कार्यक्रमका संयोजक केशव बहादुर थापाले बताए । उनका अनुसार उक्त कार्यक्रम अन्तर्गत एभोकाडो, लिची, रुख कटहर, लहरे आँप,, अमला, जापानिज कटुस, कपुर,  गुलमोहर,  तेजपत्ता, धुपी लगायत १ सय २ प्रकारका विरुवा रोपिएका छन । उनले भने–‘हामी विरुवा रोप्ने काम मात्रै गर्दैनौ यसको संरक्षणका लागि समेत उत्तिकै ध्यान दिए सँगै यो अभियानलाई जारी राख्ने छौं ।’

यूवा तथा खेलकुद मन्त्रालयको आर्थिक सहयोग तथा राष्ट्रिय खेलकुद परिषद र प्रदेश खेलकुद परिषदको समन्वयमा आयोजित तिन दिने अभियान अन्तर्गत जिल्ला खेलकुदको आयोजनामा रक्तदान कार्यक्रम, कोभिड १९ विरुद्धको सचेतना कार्यक्रम तथा समस्यामा रहेका खेलाडीलाई राहत स्वरुप खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close