प्रदेश खेलकुद परिषदद्वारा पोखरा रंगशालामा शौचालय निर्माण कार्य शुरु

पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद, गण्डकीले पोखरा रंगशालामा शौचालय निर्माण कार्य शुरु गरेको छ ।

पोखरा रंगशालामा सार्वजनिक शौचालयको अभाव भए पछि परिषदले यहि असार भित्र काम सक्ने गरी शौचालय निर्माण गनै लागेको हो । करिव २५ लाखको लागतमा निर्माण हुन लागेको शौचालय निर्माण सम्पन्न गर्नका लागि निरज थापाको अध्यक्षतामा ७ सदस्यिय उपभोक्ता समिती निर्माण गरिएको छ ।


उपभोक्ता समितीका उपाध्यक्षमा खेम गुरुङ, सचिबमा धनराज पुरी, कोषाध्यक्षमा बिनु राना मगर र सदस्यहरुमा विक्रम थकाली, प्रकाश राना मगर र धन बहादुर शाही मगर रहेका छन । उपभोक्ता समितीले आजबाट निर्माणको कार्य शुरु गरेको छ ।

पोखरा रंगशाला स्थित भलिवल प्रशिक्षण केन्द्रको दक्षिणतर्फको खुल्ला ठाउँमा निर्माण हुन लागेको शौचालयले रंगशाला आउने खेलाडी, प्रशिक्षक, दर्शक र अन्य आगुन्तुकलाई सहज हुने परिषदका सदस्य सचिब तेज बहादुर गुरुङले जनाएका छन । उनले भने–“रंगशाला प्रवेश गर्ने वित्तिकै धेरै जना शौचालयको खोजीमा भौंतारिनु पर्ने थियो अव त्यो समस्या हट्ने भएको छ ।” लामो समय देखि पोखरा रंगशालामा सुविधा सम्पन्न शौचालय निर्माणका लागि आवाज उठिरहेको भए पनि त्यो सम्भव हुन नसकेको बताउँदै सदस्य सचिव गुरुङले शौचालयको निर्माणले सबैलाई सहज हुने बताए ।

शौचालय निर्माणको सम्पूर्ण काम भने जिल्ला खेलकुद विकास समिती कास्कीले अनुगमन गर्ने भएको छ । जिल्ला खेलकुदका अध्यक्ष बानियाँका अनुसार महिला तथा पुरुष गरी छुट्टा छुट्टै निर्माण हुने शौचालय अपाङ्गमैत्री हुनुका साथ नुहाउने सुविधा समेत रहेको छ । निर्माण हुनलागेको शौचालय एक पटकमा १७–१८ जनाले प्रयोग गर्न सक्ने र नुहाउनका लागि समेत सुविधा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close