
पोखरा स्पोर्टस । अस्ट्रेलियामा आयोजित अस्ट्रेलियाब्यापी शारीरिक सुगठन च्याम्पेनसिपमा नेपाली मुलका युवा सुजन सिल्पकारले दुईवटा स्वर्ण र एक रजत सहित तिन पदक जित्न सफल भएका छन् ।

ब्रिसबेनमा गत २९ मे शनिवार भएको आइएनबिए नेसनल अस्ट्रेलिया च्याम्पेनसिपमा सिल्पकारले म्यान्स फिजिक्स नोभिसमा र मेन्स ओपन हाइट क्लासमा दुई स्वर्ण तथा मेन्स फिजिक्स ३० प्लसमा रजत पदक जितेका हुन् । अस्ट्रेलियाभरिका करिव २ सय भन्दा बढी प्रतिस्पर्धीलाई पछाडी पार्दै सिल्पकारले यो उपाधी जितेका छन् ।

नेपालको पोखरामा जन्मिएको सिल्पकार २००९ मा अस्ट्रेलिया आएका थिए । १६ बर्षको उमेर देखिनै जीम जान शुरू गरेका सिल्पकार २०१९ देखि आइसिएन प्रतियोगितामा सहभागी भैरहेका छन् । २०१९ मा तास्मिानियामा भएको प्रतियोगितामा उनले दुइवटा गोल्डमेडल पाएका थिए भने फिजिक ओपनमा उनी पाँचौ स्थानमा थिए । त्यसपछि अस्ट्रलियाका बिभिन्न सहरहरुमा भएका प्रतियोगिताहरुमा सिल्पकारले उत्कृष्ट प्रदर्शन गरेर धेरै पदकहरु जितेका छन् ।

उनले २०१९ मा मेलबर्नमा भएको विश्व बडिबिल्डिङ प्रतियोगितामा एक गोल्ड र एक सिल्भर मेडल पनि जितेका थिए । यो प्रतियोगितामा १८ देशका ७६८ खेलाडीहरू सहभागी भएका थिए । जित पछि सिप्लकारले भने–“अबको मेरो लक्ष्य भनेको २०२१ मा दक्षिण कोरियामा हुने आइसिएन बिश्व च्याम्पियनसिपमा सहभागि भएर गोल्ड मेडल जित्ने रहेको छ ।”
सिल्पकार अहिले पर्सनल फिटनेस ट्रेनर बिषयको अध्ययन गरिरहेका छन् । भबिष्यमा पर्सनल फिटनेस ट्रेनर भएर काम गर्ने उनको लक्ष्य रहेको छ ।

