एस्टोन भिल्लाको सिजनको उत्कृष्ट महिला खेलाडीमा नेपाली मुलकी अस्मिता

पुर्ख्यौली घर तनहुँ

पोखरा स्पोर्टस ।  नेपाली मुलकी अस्मिता आले २०२० र २१ को सिजनको उत्कृष्ट खेलाडी भएकी छिन ।

भोटिङका आधारमा भएको सो अवार्ड अस्मिताले जितेकी हुन । एफएको महिला सुपर लिगको उपाधि जितेको एस्टोन भिल्लाले पाँच जना खेलाडीलाई सिजनको उत्कृष्ट खेलाडीको मनोनयनमा राखेको थियो ।

जसमा अस्मिता आले, एलिशा डो, अनिता असान्ते, जोडी हुटोन र लिजा वि थिइन । जसमा सपोर्टसको भोटका आधारमा अस्मिता सिजनको उत्कृष्ट खेलाडी बन्न सफल भइन ।

बेलायतमा जन्मिएकी अस्मिताले दुई बर्ष अगाडी एस्टोन भिल्लाको महिला टिमसँग सम्झौता गरेकी थिइन । उनी प्रिमियर लिग खेल्ने पहिलो नेपाली मुलकी खेलाडीपनि हुन ।

पुर्ख्यौली घर तनहुँ भएपनि उनको जन्म र हुर्काई बेलायतमा नै भएको थियो । २० बर्षे अस्मिता आठ बर्षको उमेरदेखि एस्टोन भिल्लाको एकेडेमीमा आबद्ध भएकी थिइन । डिफेन्डर अस्मिताले इंग्ल्याण्डका यू १९ टिमबाट पनि खेलिसकेकी छिन ।
Source: https://nepalmamila.com/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close