मञ्चका आजिवन सदस्य तथा उद्योगी कर्माचार्यको निधन

पोखरा स्पोर्टस । भूतपूर्व खेलाडी मञ्च नेपालका आजिवन सदस्य तथा पोखराका प्रतिष्ठित उद्योगी रमेश कर्माचार्यको निधन भएको छ ।

उनको आज विहान उपचारको क्रममा ६१ वर्षको उमेरमा काठमाडौंको निदान अस्पतालमा निधन भएको हो । उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रहेका कर्माचार्य तत्कालिन समयमा गण्डकी अञ्चलको हक्की टिमका सदस्य समेत थिए । उनी एथ्लेटिक्स र फुटबलका राम्रो खेलाडी रहेको मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाटले पोखरा स्पोर्टसलाई बताए ।

मञ्चका अध्यक्ष तेज बहादुर गुरुङले कर्माचार्यको निधनले पोखराको प्रतिष्ठित व्यवसायी मात्रै नभएर खेलकुदलाई नजिकबाट माया गर्ने एक व्यक्तित्व गुमाउन परेको भन्दै मञ्च परिवार दुखित र स्तब्ध भएको जनाएका छन । प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव समेत रहेका गुरुङले कर्माचार्य प्रती श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close